विराटनगर १६ जेष्ठ ।
विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल सरुवा भएर आएको तीन महिना वितेको छ । स्थानीय निकायमा जनतासंग प्रत्यक्ष रहेर काम गर्ने अनुभव नभएका उनले यस अबधिमा उल्लेख्य काम गर्न सकेका छैनन् । रबाफी शैलि र उनले जनप्रतिनिधि र कर्मचारीमाथी गरिरहेको हेपाहा शैलीको कायालयकै कर्मचारीका वीच व्यापक आलोचना र चर्चाको विषय बनेको छ । यस संगै महानगरको गाडी हुदा हुदै आफन्तको गाडी भाडामा लिएर चलाइरहेका छन् । अन्य प्रशासकिय अधिकृत आउदा चढ्ने निशान गाडी कार्यालयमै थन्किरहेको छ ।
यस किसिमको आरोप कर्मचारीबृतवाटै उठेको छ । यसको पछिल्लो ज्वलन्त उदाहरण स्वास्थ्यकर्मीको शतप्रतिशत सेवा बृद्धी गर्ने निर्णय समेत फेरबदल गरेका छन् । यस्तै कर्मचारीमाथी निरङकुश ब्यवहार गर्ने शैलिको समेत कार्यालयमा आलोचना हुन थालेको छ । कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा भइरहेको समस्या र समाधानमा समेत पोखरेलको भूमिका कमि देखिएको र खासै प्रभावकारी काम गर्न उनले सकिरहेका छैनन् । स्वास्थ्य क्षेत्रमै निरन्तर खटिरहेका कर्मचारीहरु समेत निराश भएका छन् । स्वास्थ्य मन्त्रालयमै लामो समय बसेका भनिएका पोखरेलको यसखाले हरकतको समेत आलोचना बढेको छ ।