• काठमाडौँ - उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफुहरुलाई हातपात गरेको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।




    जेठ १४ गते ६४ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएपछि उनका आफ्न्तले डाक्टरको लापरबाही भएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई गाली गलौजसाथै लात्ती मुड्की प्रहार गरेका थिए ।




    उपचारमा संलग्न चिकित्सकहरुलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै अस्पतालका चिकित्सकहरु कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । अस्पतालको आकस्मिक सेवा फिभर क्लिनकबाहेक अन्य सेवा ठप्प गरी आफुहरु आन्दोलनमा उत्रिएको र ७२ घण्टाभित्र सीसीटीभीको फुटेज ननिकालिए र दोषीलाई कारबाही नगरिए प्रशासनमा तालाबन्दी गर्ने डा.गुन्जन खड्काले बताएका छन् ।




    उनले डाक्टमाथि कुटपिभट र दुव्यवहार गरिएको समयको करिब फुटेज सीसीटीभीमा नरहेको बताएका छन् । चैत्र २२ गतेको मन्त्रीपरिषद्को बैठकले कोभिड – १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको व्यवस्था मिलाउने निर्णय गरेपनि पटक पटक डाक्टरहरु माथिप दुर्व्यवहार हुँदै आएको छ ।



    यसैबीच नेपाल चिकित्सक संघले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी डाक्टर तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति गराउन माग गरेको छ ।


    संघका पदाधिकारीहरुले बिहीबार मन्त्री ढकाललाई भेटेर स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्रको रुपमा घोषणा गर्दै उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीको अहिले उपचारमा खटिने सबै चिकित्सकको अनिवार्य स्वास्थ्य बीमा र निशुल्क स्वास्थ्य जाँचको प्रवन्ध मिलाउन माग गरेका छन् ।

    जवाफमा मन्त्री ढकालले चिकित्सकहरुको मागमा सकारात्मक रहेको भन्दै सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रवन्ध मिलाउन गृह मन्त्रालयसँग कुरा गर्ने बचन दिएको संघका सदस्य डा.लिजन महर्जनले जानकारी दिएका छन् ।



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…