• पुष्कर खड्का
    काठमाडौं – नेपालमा एकैदिन शुक्रबार थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो ।


    शुक्रबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार
    नयाँ संक्रमितमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १ सय ७० कोरोना पुष्टि भएको स्वास्थ मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ सय १२ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।


    नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २ सय ६ पुगेको छ भने ,त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…