पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाकाे लागि संघीय सरकारले आगामी आर्थिक बर्ष वर्ष २०७७÷०७८ को लागि ८ वटा स्थानीय तहलाई २ अर्ब ९९ करोड ५२ लाखको बजेट विनियोजन गरेको छ ।
जिल्लाको ८ वटा स्थानीय तहको लागि गत बर्षको भन्दा यस आर्थिक बर्षमा संघीय सरकारले ५० करोड बढी बजेट उपलब्ध गराएको हो । सरकारले यस बर्षको बजेटमा रामेछाप जिल्लाको लागि ५० करोड बजेट बृद्धि गरेको छ ।
गत बर्ष २०७६÷०७७ को लागि रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि २ अर्ब ५० करोडको बजेट उपलब्ध गराएको थियो । तर यस बर्ष पचास करोड बृद्धि गर्दै २ अर्ब ९९ करोड ५२ लाख पुर्याएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट अनुसार मन्थली नगरपालिकाका लागि सबै भन्दा बढी ५७ करोड,५९ लाख बजेट जिनियोजन भएको छ । त्यसैगरी रामेछाप नगरपालिकाको लागि ४१ करोड ३ लाख, उमाकुण्ड गाउँपालिकाको लागि ३१ करोड ६८ लाख,खाँडादेवी गाउँपालिकाको लागि ४० करोड १९ लाख , गोकुलगंगा गाउँपालिकाको लागि ३३ करोड २४ लाख, दोरम्बा गाउँपालिकाको लागि ३४ करोड १५ लाख,लिखुतामाकोशी गाउँपालिकाको लागि ३२ करोड १९ लाख र सुनापति गाउँपालिकाको लागि २९ करोड ५५ लाख बजेट विनियोजन भएको छ ।