उर्लाबारी १७ जेठ
मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाको सिमाना सुनझोडा पुल स्थित चेकपोष्टमा बिहीबार राति उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले केही ब्यक्तिलाई कुटपिट गरेका छन् । इनरुवा देखि तरकारी बाेकेर झापाकाे चारआली तर्फ जाँदै गरेकाे बा १५ च ७३५२ नम्बरको गाडीका चालक शंकर चाैधरी र उनका दाजु पवनलाई गाडी राेकेर कुटेको पीडितहरूकाे भनाइ छ ।मध्यरातकाे साढे ११ बजे कहाँ हिडेकाे भन्दै मेयर फागाेले कुटेको चाैधरी दाजुभाइले बताए ।
उनीहरूले भने - मेयरलाई देख्नासाथ बिनम्र पुर्वक नमस्कार गर्याैं ।तर, मेयरले गाडी फर्का भन्दै गाडीबाट झारेर फाटा बर्साउन थाल्नुभयाे । चौधरी दाजुभाई उर्लाबारी नगरपालिका वडा नम्बर ७ का तरकारी व्यापारी हुन । मेयर हामीलाई कुट्ने पत्रकार ,सुरक्षाकर्मी र वाणिज्य संघका प्रतिनिधि रमिते बनेर हेर्ने ? खाेई हामीले न्याय पाएकाे ? कमजोर धनु थियोे भने हामी ठहरै हुन्थ्याै तर हामी बलियो भएकै कारण बाँच्याै । मेयरकाे कुटाइबाट चाैधरी द्वयकाे टाउको, पाखुरा, करङ, हात र खुट्टामा गहिराे चाेट लागेकाे छ । साेही दिनराजविराज खाद्यान्न पुर्याएर झापा फर्कदै गरेकाे अर्को मालवाहक सवारीका चालक साेमनाथ दनुवारले पनि मेयर फागाेकाे कुटाई खाएका छन् ।दनुवारकाे पनि शरीर भर निलडाम देखिएको छ । यता उर्लाबारी नगरपालिकाका मेयर भने घटना सामान्य भएको बताउँछन् ।
सामान्य भनाभन मात्र भएको बताउँदै उनले रातीको समयमा मौकापरी लकडाउन उल्लङ्घन गरेको , माक्सको प्रयोग नगरेको, दुईजनाको फरक–फरक भनाई भएको ,एकले उर्लाबारी भन्ने र अर्कोले चारआली भन्ने जस्ता फरक फरक जवाफ दिँएकाेले सामान्य भनाभन भएको हाे ।उर्लाबारीमा रहेको त्रिकाल परिवार नामक एक संस्थाले भने छलफल भइराख्दा नगर प्रमुख प्रती खेदप्रकट गर्दै घटनाकाे निन्दा गरेको छ । घटना पश्चात उपचार र घटना भएको दुई दिन पछि जेठ १७ गते उर्लाबारी उद्योग बाणिज्य संघको कार्यालयमा दुबै पक्ष बिच छलफल गरी आ–आफ्नो कमीकम्जोरी स्विकार गरी सहमतीमा आएको दुबै पक्षबाट आएको मिडियालाई जानकारी गराएका छन् ।