पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका १ भैसेश्वरमा सञ्चालीत रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेको लक्ष्मी आयल स्टोर्स पेट्रोल पम्मा प्रयोग भइसकेको इन्धनमा पानी जस्तो पेट्रोल मिसाएर बिक्री गरेको मोटरसाइकल चालकको गुनासो आएको छ।
प्रदेश नं ३- ८ - ४०९४ नम्बरको बाईकमा पेट्रोल हालेको र ईन्जिनमा समस्या अाएको र विगत ८ दिन यता लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका करिब एक सय वटा भन्दा बढी मोटरसाइकलमा पेट्रोल हालेपछि समस्या आएको र इन्जीन स्टार्ट नहुने, स्टार्ट भइहाले पनि मोटरसाइकलमा पिकप नदिनेजस्ता समस्या आएको मोटरसाइकल चालक मन्थलीमा ब्यापार ब्यवसाय गर्दै आएका र मोटरसाइकलको ट्यांकीभरि पेट्रोल भएर पनि इन्जीन स्टार्ट नभएरपछि पेट्रोल निकालेर हेर्दा पेट्रोलको कलर नै फरक पाइएको मन्थली बाट अन्तोष खड्काले जानकारी दिनु भयो ।
बुधबार लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ३ का अन्तोष खड्काले लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका थिए । उनको मोटरसाइकलमा पेट्रोल रिर्जभमा आएपछि लक्ष्मी आयल स्टोरमा गएर १० लिटर पेट्रोल हालेका थिए ।
पेट्रोल भरेर केही समय गुडेपछि मोटरसाइकलको स्टार्ट बन्द भएको खड्काले बताएका छन् । उनले समस्या आएको मोटरसाइकलको पेट्रोल निकालेर हेर्दा एक पटक प्रयोग भइसकेको हवाई इन्धन मिसावट गरि बिक्री गरेको खड्काले दावि गरेका छन्।खड्काले अर्को पेट्रोल हालेपछि मोटरसाइकल स्टार्ट भएको उनले बताए ।
https://www.youtube.com/watch?v=epUHUXCi9dE&feature=share