पुष्कर खड्का
काठमाडौ - महानगरीय प्रहरी प्रभाग लुभुमा कार्यरत सई टेकबहादुर माझीको शनिबार मृत्यु भएको हो ।
माझी शुक्रवार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका थिए । माझीको शनिबार बिहान अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।
बेहोस भएर ढलेका उनको टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पताल लगिएको थियो । अवस्था थप जटिल भएपछि अल्का अस्पताल रिफर गरिएको थियो ।
रामेछाप घर भएका मृतक माझी दुई महिना अघि मात्र लुभुमा इञ्चार्जका रुपमा खटिएका थिए । उनी क्षमतावान प्रहरीका रुपमा परिचित थिए । कार्यक्षेत्रमा निकै खटिने र इमान्दार प्रहरी भएकाले ललितपुरका इञ्चार्ज एसएसपी टेकबहादुर राईले खटाएका थिय ।