पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको सुनापति गाउँपालिका खनियापानीमा गएराति एक युवतीमाथि धारिलो हतियार प्रहार भएको छ ।
जिल्लाको सुनापती गाउँपालिका–५ खनियापानी कटुन्जेका करिब २० बर्षिय युवक कृष्ण कोइरालाले खनियापानीकी १७ बर्षिय सत्यदेवि खड्काको घाँटीमा खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ।
दुई जनाको बीचमा प्रेम सम्बन्ध रहेको र आपसी विवादमा युवकले खुकुरी प्रहार गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
घाइते खड्काको कानमुनको भागमा काटिएको छ,प्रहरीका अनुसार गम्भीर अवस्थामा खड्कालाई अस्पताल पुर्याएर अहिले काठमाडौं न्युरो अस्पतालमा उपचार भइरहेको र हतियार प्रहार गर्ने सोहि ठाँउका कृष्ण कोइराला बेपत्ता भएको र उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी भयो ।