• काठमाडौँ । नेपाली काँग्रेसले संसद्मा सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको विधेयकको पक्षमा उभिने निर्णय गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।
    बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको पक्षमा पार्टीले साथ दिने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

    संसद्मा प्रमुख प्रतिपक्षको भूमिकाका रहेको काँग्रेसको यो निर्णयसँगै सरकारलाई संविधान संशोधनको विधेयकलाई संसद्बाट पास गराउन बलियो आधार मिलेको छ । सरकारले यस विषयमा राष्ट्रिय सहमति कायम गर्न कोसिस गर्नुपर्नेमा काँग्रेसले जोड दिएको छ । तर पार्टी जनुसुकै अवस्थामा पनि संविधान संंशोधनको पक्षमा उभिने निचोडमा काँग्रेस पुगेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।
    बैठकको प्रारम्भमा पार्टी सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भूभाग नेपालकै भएको उल्लेख गर्दै त्यसलाई विभिन्न प्रमाणले पुष्टी गरेको बताउनुभएको थियो । यस विषयमा सरकारले संसद्मा ल्याएको विधेयकलाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै देउवाले सरकारले संविधान संशोधनको विषयमा यसअघि पार्टीसित आवश्यक समन्वय भने नभएको गुनासो गर्नुभएको थियो । ‘तर पनि हामी संविधान संशोधनको पक्षमा उभिनुपर्छ’ भन्ने विचार बैठकमा सभापति देउवाले व्यक्त गर्नुभएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

    बैठकमा संविधान संशोधनका विषयमा खुलेर धारणा राख्न केन्द्रीय सदस्यहरुलाई देउवाले आह्वान गर्नुभएको थियो । त्यसपछि पार्टीका दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले यस विषयमा आ आफना धारणा प्रस्तुत गर्नुभएको थियो । पार्टीले यस अघिको पदाधिकारीको बैठकले संविधान संशोधनको पक्षमा उभिने भन्दै यस विषयको अन्तिम निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…