काठमाडौं, १८ जेठ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर तीन लाख ७१ हजार ०१६ जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका ६१ लाख ६१ हजार ४८५ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै, २७ लाख ३८ हजार ३३३ जनाको उपचारपछि निको भएका छन् ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।
अमेरिकामा १ लाख ५ हजार ५५७ जनाको मृत्यु भएको छ भने १८ लाख १६ हजार ८२० जनामा संक्रमित फेला परेका छन् ।
पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।
यस्तै, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारको नजिक पुगेको छ ।
इटलीमा मृत्यू हुनेको संख्या ३३ हजार भन्दा बढि छ ।
स्पेनमा २७ हजार १२५, फ्रान्समा २८ हजार ७७१, बेलायतमा ३८ हजार ३७६ जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।
नेपालमा १४०१ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ६ को मृत्यु भएको छ ।
कुन देशमा कती हेर्नुहोस् सुची ?