•  २०७७ जेठ १८ आइतबार |

    डा. मतिप्रसाद ढकाल, युधिष्ठिर शोकमग्न भएर लड्छन् । एउटा कुपुत्र दुर्योधनलाई बचाउन खोज्दा सयौँ पुत्रहरु मारिए भन्दै धृतराष्ट्रले उनलाई सम्झाउँछन् ।

    ‘अतीव मनसा शोकः क्रियमाणो जनाधिपः, सन्तापयति चैतस्य पूर्वप्रेतान् पितामहान्’ (पूर्ववत् १४।२।२) अर्थात् यदि मान्छेले मरेका मान्छेका लागि आफ्ना मनमा अधिक शोक गर्दछ भने उसको त्यो शोकले उसका पहिला मरेका हजुरबुबा आदिलाई अत्यन्त सन्तापमा पारिदिन्छ भन्दै श्रीकृष्णले युधिष्ठिरलाई शोक नगर्न र देवतालाई खुसी तुल्याउन तर्पण गर भनेर सम्झाउँछन् ।

    ‘न हि कश्चित्स्वयं मत्र्यः स्ववशः कुरूते क्रियाम्’ (पूर्ववत् १४।३।१) अर्थात् कुनैपनि मान्छेले स्वाधीन भएर आपैmले कुनैपनि काम गर्दैन अपितु ईश्वरद्वारा प्रेरित भएर गर्दछ भन्दै व्यासजीले युधिष्ठिरलाई अश्वमेध यज्ञ गर्ने सल्लाह दिन्छन् । अश्वमेध यज्ञमा प्रतिनिधि दक्षिणा राम्रो नमानिने भएकाले पृथ्वी (भूमि)को दक्षिणा दिनुपर्छ ।

    अश्वमेध यज्ञ गर्ने सन्दर्भमा पूर्वजहरुको परिचय दिने क्रममा मरूत्तको गुण, प्रभाव र यज्ञको दिग्दर्शन गराउँछन् । देवराज इन्द्रको प्रेरणाले बृहस्पतिले मनुष्यको यज्ञ नगराउने प्रतिज्ञा गर्छन् । नारदजीको आज्ञा पाएर मरूत्तले उनले बताएको युक्तिअनुसार संवर्तसँग भेटघाट गर्छन् । संवर्त र मरूत्तका बीचमा कुराकानी हुन्छ ।

    मरूत्तको विशेष आग्रहका कारण संवर्तले यज्ञ गराउने स्वीकृति दिन्छन् । त्यस क्रममा संवर्तले ‘न तु मे वर्तते बुद्धिर्धने याज्येषु वा पुनः’ (पूर्ववत् १४।७।२६) अर्थात् मलाई आफ्ना लागि धन र यजमानहरुको सङ्ग्रह गर्ने विचार छैन भन्ने विचार व्यक्त गर्छन् ।

    संवर्तले मरूत्तलाई सुवर्णप्राप्तिका लागि महादेवजीको नाममय स्तुतिको उपदेश दिन्छन् भने धनको प्राप्ति र मरूत्तको सम्पत्तिका कारण बृहस्पति अत्यन्त चिन्तित हुन्छन् । बृहस्पतिले ‘दुःखं सपत्नेषु समृद्धिभावः’ (पूर्ववत् १४।९।६) अर्थात् शत्रुहरुको समृद्धि नै दुःखको कारण हुन्छ भन्दै इन्द्रसँग आफ्नो चिन्ताको कारण बताउँछन् ।

    जसको शक्ति क्षीण भएको छ त्यस्ता शत्रुमाथि मैले वज्र प्रहार गर्दिनँ भन्दछन् । अग्निदेवले बलभन्दा ब्राह्मणबल नै श्रेष्ठतम छ र ब्राह्मणभन्दा अर्को कुनै शक्ति छैन भन्ने कुरा बताउँछन् । इन्द्रले गन्धर्वराजलाई पठाएर मरूत्तलाई भय देखाउँछन् भने संवर्तले मन्त्रबलद्वारा इन्द्रसहित सबै देवताहरुलाई बोलाएर मरूत्तको यज्ञ पूर्ण गर्छन् ।

    कुटिलता मृत्युको स्थान हो भने सरलता ब्रह्मप्राप्तिको साधन हो भन्दै श्रीकृष्णले इन्द्रले आफ्नै शरीरभित्र रहेको वृत्रासुरलाई अदृश्य वज्रद्वारा मारेका थिए भनेर युधिष्ठिरलाई सम्झाउँछन् । शारीरिक र मानसिक गरी रोग दुई प्रकारका हुन्छन् । दुवैको जन्म एकअर्काको सहयोगद्वारा हुन्छ र दुवैको पारस्परिक सहयोगबिना यिनको उत्पत्ति नै हुँदैन ।

    शीत, उष्ण र वायु शरीरका तीन गुण हुन् । यदि शरीरमा यी तीनै गुणको समानता छ भने त्यो स्वस्थ व्यक्तिको लक्षण हो । उष्णले शीतको निवारण गर्छ भने शीतले उष्णको निवारण गर्छ । स¤व, रज र तम यी तीन अन्तस्करणका गुण मानिन्छन् । यी तीनै गुणको समानता छ भने त्यो मानसिक स्वस्थ व्यक्तिको लक्षण हो ।

    यीमध्ये कुनै एउटाको वृद्धि र त्यसको निवारणको उपाय बताइन्छ । हर्षले शोक बाँधिन्छ भने शोकले हर्ष बाँधिन्छ । कसैले दुःखमा परेर सुखको याद गर्न चाहन्छ भने कोही सुखी भएर दुःखको याद गर्न चाहन्छ । मनका साथमा हुने युद्धमा वाण, नोकरचाकर, दाजुभाइ आदिको काम छैन । यसमा त केवल एक्लै युद्ध गर्नुपर्छ ।

    केवल राज्य, पदप्रतिष्ठा आदि बाह्य पदार्थको त्याग गर्नाले नै सिद्धि प्राप्त हुँदैन । शारीरिक द्रव्यको त्याग गरेर पनि सिद्धि प्राप्त हुन्छ र हुँदैन पनि । बाह्य पदार्थसँग अलग भएर पनि जो शारीरिक भोगविलासमा आसक्त छ उसलाई पनि सिद्धि प्राप्त हुन सक्तैन । ‘मम’ वा मेरो भन्ने दुई अक्षर नै मृत्युरुप हुन् भने ‘न मम’ वा मेरो होइन भन्ने तीन अक्षरको शब्द सनातन ब्रह्मप्राप्तिको कारण हो । ममता मृत्यु हो भने त्यसको त्याग सनातन अमृतत्व हो :

    द्व्यक्षरस्तु भवेन्मृत्यु–
    स्त्र्यक्षरं ब्रह्मशाश्वतम् ।
    ममेति च भवेन्मृत्युर्न
    ममेति च शाश्वतम् ।।
    (पूर्ववत् १४।१३।३)

    मृत्यु र अमृत दुवै आपैmभित्र रहेका छन् । यी दुवै अदृश्य भएर प्राणीहरुलाई लडाउँछन् । कसैलाई आफ्नो मान्नु र कसैलाई आफ्नो नमान्नु यही भाव नै युद्धको कारण हो भन्ने कुरामा कुनै शङ्का छैन । यदि यस जगत्को सत्ताको विनाश नहुन नै निश्चित छ भने प्राणीहरुका शरीरको भेदन गरेर पनि मान्छेले अहिंसाको नै फल प्राप्त गर्नेछ ।

    चराचर प्राणीहरुसहित सम्पूर्ण पृथ्वीलाई नै पाएर पनि जसको त्यसमा ममता हुँदैन त्यसले उसलाई प्राप्त गरेर के गर्छ ? अर्थात् त्यस सम्पत्तिले उसको कुनै अनर्थ हुन सक्तैन । जो वनमा रहेर जङ्गली फलपूmलहरुद्वारा नै जीवन निर्वाह गर्छ उसको पनि यदि द्रव्यहरुमा ममता छ भने त्यस्तो व्यक्ति मृत्युकै मुखमा विद्यमान छ :

    अथवा वसतः पार्थ
    वने वन्ये न जीवतः ।
    ममता यस्य द्रव्येषु
    मृत्युरास्ये स वर्तते ।।
    (पूर्ववत् १४।१३।७)

    बाहिरी र भित्री शत्रुहरुका स्वभावलाई देख्नुपर्छ र बुझ्नुपर्छ । यी मायामय भएका कारण मिथ्या छन् भन्ने कुरा निश्चय गर्नुपर्छ । जसले मायावी पदार्थहरुलाई ममत्वका दृष्टिले देख्तैन त्यसैले महान् भयबाट छुटकारा पाउँछ ।

    जसको मन कामनाहरुमा आसक्त छ संसारका मान्छेले त्यसको प्रशंसा गर्दैनन् । कुनैपनि प्रवृत्ति कामनाविना हुँदैन र सम्पूर्ण कामनाहरु मनबाटै प्रकट हुन्छन् । विद्वान् व्यक्तिले कामनाहरुलाई दुःखको कारण मानेर तिनको परित्याग गर्छन् ।

    योगी व्यक्तिले अनेकौँ जन्महरुको अभ्यासद्वारा योगलाई नै मोक्षमार्ग ठानेर सम्पूर्ण कामनाहरुको अन्त्य गर्दछन् । जसले यस कुरालाई जान्दछ त्यसले दान, वेदाध्ययन, तप, वेदोक्त कर्म, व्रत, यज्ञ, नियम, ध्यान, योग आदिको कामनापूर्वक अनुष्ठान गर्दैन । जुन कर्मसँग उसले कुनै कामना राख्छ त्यो धर्म होइन । वास्तवमा कामनाहरुको नियन्त्रण गर्नु नै धर्म हो र त्यही मोक्षको मूल पनि हो ।

    ‘मेरो’ भन्ने शब्दको सञ्जालले हामीलाई जति दुःख अरु कसैलाई दिँदैन । ‘मेरो’ पर्खालभित्र सीमित भएपछि मान्छे खुम्चिँदै जाने भएकाले पैmलिन सक्तैन । त्यसैले ‘मम’बाट ‘न मम’को यात्रातिर जति छिटो पाइला चाल्न सक्यो मान्छे त्यति नै छिटो सुखी र अमर बन्न सक्छ ।

    ममताको मृत्यु नभएसम्म न ममका माध्यमले अमृत पिएर पनि सुखी र अमर बन्न सकिँदैन । तसर्थ ममताको मृत्युका लागि सदैव ‘न मम’का पाइलाहरु चालिरहनु आवश्यक छ ।(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर) चितवन पोष्टका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…