काठमाडौँ । सग्माथाको उचाई कति हो ? संसारले भन्न सकछ ८८४८ मिटर । तर हालै मात्र गििरएको चीनको एक सर्वेक्षण दलले सगरमाथाको उचाई पुन नाप गर्दै ४ मिटर घटेको उल्लेख गरेको छ ।
चीनले गत मे १ बाट विश्वकै सवोच्च शिखरको उचाई नाप्न एक नयाँ सर्वेक्षण गर्दा उसले नेपालमो नाम भन्दा ४ मिटर कप उचाई निकाल्दै ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर निकालेको छ ।
यस विषयमा नेपालले आफ्नो आधिकारिक धारणा राखिसकेको भने छैन । यसअघि चिनियाँ सर्वेक्षण कर्ताहरुले माउन्ट एभरेस्टको उचाइ मापन तथा वैज्ञानिक अनुसन्धानको ६ चक्र पुरा गरिसकेको छ । सन् १९७५ र २००५ दुई पटकको मापनमा शिखरको उचाइ ८८४८.१३ मिटर र ८८४४.४३ मिटर बताएको थियो ।