•             काठमाडौं जेठ १९, २०७७ बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको परिचय खुलेको छ । यस्तै मृतकमध्ये ३ जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा ठेगाना नखुलेका निमबहादुर ओली, देउवीर बिक, बुद्धिराम बिक, सीता पुन, पूर्ण बहादुर पुन, रितेश कार्की, रोल्पा थवाङ ३ का भिमबहादुर बिक र नरेन्द्र बिक रहेका छन् । यसैगरी रोल्पा रुन्चेगढी ६ होलेरीका मोहनचन्द्र बिक, दाङको राजपुर ६ का रामकुमार पुन, गुराँस नगरपालिका ४ दैलेखका दानबहादुर खड्का र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका पवन भण्डारीको पनि मृत्यु भएको छ । खड्का चालक र भण्डारी सहचालक हुन् । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको थियो । प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा २० घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । यसैबीच सबै मृतक र घाइतेको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । उनीहरु भारतबाट आएका हुनाले स्वाब संकलन गरिएको प्रहरीले जनाएको छ ।

    घाइते र मृतकको नामावली

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…