• काठमाडौ - रामेछापको गाेकुलगंगा गाउँपालिका वडा नंं. २ ठाेसेमा अबैध घरेलु मदिरा नस्ट गरिएको छ । ठाेसेकाे चाेरपातलमा अबैध घरेलु मदिरा नस्ट गरिएको हाे ।


    प्रहरी हवलदार क्षेत्र गिरीकाे नेतृत्वमा गएको प्रहरी टाेलीले अबैध मधिरा नस्ट गरेकाे प्रहरी चाैकी ठाेसेले जानकारी दिएकाे छ । स्थानीयकाे गुनासो पछि पुगेको प्रहरी टाेलीले ३० लिटर भन्दाबढी मदिरा नस्ट गरेकाे हाे ।


    ठाेसे प्रहरी चाैकीले अबैध मदिरा नस्ट गर्ने अभियानलाई तीब्र पारेकाे छ । यस अधि पनि प्रहरी चाैकी ठाेसेले दाेर्जे,ठाेसे बजार र रस्नालु लगायतका स्थानमा पाँच सय लिटर भन्दा बढी घरेलु मदिरा र मदिरा बनाउन प्रयाेग हुने कच्चापदार्थ नस्ट गरेकाे थियाे ।



    मदिराको कारण विकृति बढ्न थालेपछि गाउँ गाउँमा पुगेर घरेलु मदिरा नस्ट गरेकाे प्रहरी हवलदार गरीले जानकारी दिए । घरेलु मदिराकाे कारण घरेलु हिम्साका घटना र झैझगडा बढ्नथालेपछि मदिरा नस्ट गर्ने अभियान चलाइएको प्रहरीले जानकारी दिएको छ। लकडाउनकाे कारण गाउँका पसलहरूमा ब्रान्डडेट मदिरा पाइन छाडेपछि घरेलु मदिरा उत्पादन र खपत बढेकाे प्रहरीले बताएको छ ।


    लकडाउनकाे कारण गाउँ फर्केकाहरूकाे चहलपहल बढेसंगै मदिरा सेवनका कारण अपराधिक घटना बढ्न सक्ने भएकाले घरेलु मदिरा उत्पादनमा निगरानी बढाउने र अबैध मदिरा नस्ट गर्ने अभियानलाई तीब्र बनाईएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।

    काेराना महामारीको समयमा घरेलुु मदिरा उत्पादन र सेवनले शान्ति सुरक्षामा चुनाैती थप्न सक्ने भएकाले जिल्लाभर घरेलु मदिरा उत्पादन र विक्री वितरणमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनु भयो ।




सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…