पुष्कर खड्का
काठमाडौ – नेपालमा मंगलबार दिउँसो थप २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेतका ११ जना, सल्यानका ९ जना र अछामका ९ जना गरी २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ५० पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २ सय २१ पुगेको छ भने ,यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ जना पुगेको छ ।