पुष्कर खड्का
काठमाडौ – काठमाडौं जोरपाटी मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिएको जानकारी अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको बताएका छन् ।