• ताप्लेजुङ : डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्।

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक÷पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो।

     

     

    सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक÷एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए। ‘हाम्रो टोलीले घुससहित बेलुका दुई सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएर इटहरी ल्याउँदै छ,’ उनले भने, ‘नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुशन्धानका लागि काठमाडौं पठाउँछौँ।’ सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…