काठमाडौं-राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायी आजबाट दरबारमार्ग क्षेत्रका पसल सुरु गर्ने भएका छन् । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित उनीहरुले आजबाट पसल सुरु गर्न लागेका हुन् । रबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले यस्तो निर्णय लिएका हुन् ।
आज सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने त्यसपछि व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय लिएको बताइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन ७० दिन पुगेपछि धेरै क्षेत्रमा पसल खोल्न दबाब सुरु भएको छ । यस अघि विरगन्जमा व्यबसायी पनि गर्न व्यापार पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए ।