पुष्कर खड्का
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका दोलखाका ७६ वर्षीय
वृद्धको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् ।
उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेमा भर्ना भएका थिए। उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
त्यस्तै मृत्युु हुनेमा सिन्धुपाल्चोमा एक,बाँकेमा एक, गुल्मीमा एक,बाराका एक,ललितपुरका एक,अर्घाखाँचीका एक, दैलेखका एक,बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ ।