काठमाडौ - जातीय तथा वर्गीय उत्पिडनबाट मुक्ति दिलाउने नारा दिएर सर्वहारा वर्गको दुहाई दिदै रोल्पा रुकुम बाट क्रान्तिको विगुल फुकेका थियौ तिमीले ! जनयुद्ध को पहिलो सहिद दलित लाई नै बनाएर जनक्रान्ती अगाडि बढायौ !
आफ्नो समुदायलाई सामाजिक न्याय र आत्मसम्मान पुर्वक बाच्नपाउने हक नयाँ राजनितिक व्यवस्थामा स्थापित हुनेछ भन्ने आसा र विस्वासमा परि कैयौं होनहार दलित सपुतहरुले आफ्नो अमुल्य जिवनलाई बलिदानिको कोटामा समर्पण गरेका थिए। तिम्रा प्रत्येक निर्देशन लाई ईमान्दारिता पुर्वक पालाना गरेका थिए।
सुन्दर भविस्य को मिठो सपना बोकेर तिम्रो पदचाप पछ्याईरहे। कुनै समय तिमिलाई असाधारण मानव को उपमा दिई देवत्वकरण पनि नगरिएको हैन तर तिमी त बहुरुपी पो रहेछौ।
हामी सङ्ग छल गर्यौ! क्रान्ति को झुठो आश्वासन बाडेर जनतालाई भ्रममा पारी १० औं हजारको बलिदानीको जगमा टेकेर देशको सर्वोच्छ कार्यकारी पदमा समेत आसिन हुन पुग्यौ पटक पटक सरकार बनायौ ! सत्ता बाहेक सबै भ्रम हो सत्ता द्वारा नै धेरै थोक गर्न सकिन्छ भन्थ्यौ! आज पनि तिमी सत्ताकै मालिक छौ !
यतिबेला क्रान्तिको उद्गम भुमी बाटै प्रतिक्रान्तिको सुरुवात भएको छ ! तिमिलाई प्रचण्ड बनाउने युद्ध मोर्चाको अग्रपंक्तिमा उभिएर आफ्नो छातीमा गोली थापेर तिम्रो विचार र नेतृत्व को रक्षा गर्न लडेका समुदायका होनहार युवाहरुको योजनावद्ध ढङ्गले हत्या गरिएको छ तिमी किन बोल्दैनौ? तिम्रै सत्ताकोवडा अध्यक्ष को निर्देशनमा यो नरसङ्हार घटना घटाईएको छ!
जनयुद्धका कमान्डर हरु जनार्दन शर्मा शक्ति बस्नेत बर्षमान पुन नन्द किशोर पुन सभामुख समेत भै सकेकी ओम सरि घर्ती हरु यश घटनाका विरुद्ध मा किन बोल्दैनन् ! विभिन्न सहायक कारणहरु देखाई मुल जड लाई स्वीकार नगरी घटना लाई अर्कै रङ रुप दिएर साम्यपार्ने प्रयास गरिरहेकाछन ! यति ठुलो अपराध्लाई बिस्तारै सामान्यकरण गरिदैछ ! सुनियोजित ढङ्गले प्रतिक्रान्तिको सुरुवात गरियो !
जातिया समस्या अझ पेचिलो बन्दै गएपछी थुप्रै प्रकारका समस्याहरु आउन सक्ने खतरा देखेर नै राश्ट्रीय दलित आयोग समेत नबनाएको तथ्य आज छर्लङ्ग भएकोछ। उच्छ हिन्दु ब्राह्मणवादी सस्कार र सस्क्रीती माझ जन्मिदै मुखिया भएर हुर्किएका हरुले काहा बुझ्न सक्थ्यौ र दलितको पीडा अनि मर्म । जुन वर्गको जगमा टेकेर तिमिले शिखर चुम्यौ उनका लागी गरेको क्रान्ति त भ्रान्ती पो रहेछ!
खै कहाँ गयो तिम्रो कम्म्युनिश्ट आदर्श र मुल्य मान्यता ? सामाजिक रुपान्तरण सहितको नयाँ नेपाल बनाउछु भन्थ्यौ ! सामाजिक सास्कृतिक र राजनितिक सत्ता उत्पीडितको हातमा सुम्पिएरै छाड्ने अठोट थियो तिम्रो तर अफसोच आज पनि उही पुरानै समरचना अनि पुरानै सत्ता छ त्यसको मालिक तिमी आफै छौ ! केवल भौगोलिक समरचनामा मात्र फेरबदल गरेर मान्छे धनी र गरिब हुने बाहेक अरु केही हुन्न रहेछ भन्ने तथ्यलाई अब तिमिले बुझ्न जरुरी छ!
सामन्तवाद के हो सोशण दमन र उत्पिडन के हो वास्तविक शासक को हुन तिमिले बुझ्न बाकिनै रहेछ त्यसैले त आफैबाट प्रतिक्रातिको सुरुवात गर्यौ नि! जनताको खुसाली लाई आर्थिक समृद्धि सङ्ग मात्र जोडेर हेर्यौ ६० लाख दलितले चाहेको र खोजेको खुशी स्वाभिमान र आत्मसम्मान थियो जो तिम्रो आदर्शको फ्रेम भित्र परेकैथिएन ।
सन्सार फेर्ने साहास बोकेका वीर योद्धाहरुको सुप्रीम कमण्डर भन्थ्यौ आफुलाई। साहु माहाजन हरुको अन्नको भकरी फोरेर बाड्ने हामी हौं भन्थ्यौ तर समाजमा सदियौ देखी साचेर राखेको उच्छ हिन्दु अहङ्कारवादी सामन्ती सोचको भकारी फोर्ने योजना ल्याउन सकेनौ ।
यो देशमा एउटा महान सपना बोकि क्रान्तिको यात्रमा अघि बढेका थिए दलित बनाईएका हरु-- माहान जनयुद्ध को युगान्तकारी ईतिहास दलितकै रगतले लेखिएको थियो !
त्यो ईतिहासमा गर्व गर्ने हैन रगतको अवमुल्यन गर्यौ तिमिले । मुक्तिको नारा दिएर मुट्ठिका माखा पो बनायौ हामिलाइ त !
छोडिदिदा बाच्ने नछोडे मर्नुपर्ने ! सम्विधान नाम को किताब को पानामा केही हक अधिकारका प्रावधान त उल्लेख गर्यौ तर दलितले गर्न हुने र गर्न नहुने कर्म छुट्याई तोकिदिएको भए सायद दलित सिमा भित्र बस्थे होला।
कानुनमा मृत्यु दण्ड को ब्यवस्था छैन तर तिम्रो ईच्छा विपरीत कार्य गरे सजाय मृत्यु दण्ड भोग्नु परेकै छ। एउटा वियोगान्त प्रेम कथा जो ईच्छा चाहाना बाट सुरु भो र मृत्यु प्राप्ति सङ्गै टुङ्गियो ! रोगको माहामारी सङ्ग लुकामारी खेल्दै जीवन अस्तित्व जोगाउनु पर्ने कठिन चुनौतीको सामना गरिरहेको बेलामा अर्का तर्फ विस्तारवादी भारत द्वारा देशको सिमा अतिक्रमण हुँदा रास्टियता दुखिरहेको बेला मातृभुमिको रक्षा गर्न सिमाना तर्फ खिचिएको हाम्रो ध्यान र ज्यान अकस्मात मेरो आन्तरिक रास्ट्रीयता माथी बज्रपात परे पछि दैलो ठेलोमै रोकियो ।
बज्रपातले तहस नहस भएको समाजलाई कसरी एकताबद्ध बनाउछौ हेर्न बाकी छ । तिमिले दिलाउने न्याय कस्तो हुनेछ अपराधिले कस्तो सजाय पाउनेछन त्यो पनि हेर्नुछ । यो हाम्रो आर्तनाद हैन आक्रोश हो ! जब तिमिले क्रान्ती छोडी नव सम्सोधनवादको बाटो अपनायौ देशमा अराजकताको ईस्थिती उत्पन्न भयो ! निश्चिति राजनितिक मूल्य मान्यता प्रती दृढ नेतृत्वकर्ता लाई मात्र राज नेता मान्न सकिन्छ! छेपारोले रङ फेरे जस्तो गरि आफुलाई बदल्ने अनि सम्पुर्ण दोस परिस्थितिलाई दिदै युगकै महान आन्दोलन लाई विघटन गर्यौ त्यसैको परिणाम हो रुकुम काण्ड !
अझै पनि मौका छ बिगठित क्रान्तिलाई पुनर्सङ्गठित गरि सहि विचार र सहि राजनितिक कार्यदिशा बोकेको सक्षम नेतालाई नेतृत्व सुम्पिई आफू अवकास लिएको खण्डमा अधुरो क्रान्तिको बाकी कर्यभार पनि पूरा हुनेछ हामिले परिकल्पना गरेको नयाँ नेपाल अबस्य बन्नेछ !!!
डिल्ली नेपाली मिति २०७७ जेठ २१ गते ।