रंगेली, २१ जेठ: मोरङको रंगेली नगरपालिकामा २ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको पटना र मजफरपुरबाट मजदुरी गरी फर्किएका उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
रंगेली नगरपालिका-३ र ९ का २७ र ३७ वर्षीय पुरुषमा स्वाब परिक्षणगर्दा कोरोना पोजेटिभ देखिएको रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले जानकारी दिए ।
संक्रमित युवक जेष्ठ १४ गते भारतबाट विराटनगर होल्डिङ प्वाइन्ट हुँदै रंगेलीस्थित जनता क्याम्पसको एकिकृत क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनीहरुलाई अहिले विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ ।
विराटनगर होल्डिङ प्वाइन्टबाट संक्रमण देखिएका २ जना संगै १७ जना आएका थिए । उनीहरु मध्ये धनपालथान गाउँपालिकाका ५ जना र रतुवामाई नगरपालिकाका ४ जना र रंगेलीका ८ जना थिए ।
रंगेलीका ८ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको र बाँकी ६ को रिपोर्ट नेगेटिभ आएको मेयर वगडियाले बताए ।
रंगेली नगरपालिकामा १०९ जनाको पिसिआर परिक्षणगर्दा पछिल्लो १९ जना मध्ये २ जनामा कोरोना देखिएको हो ।
क्वारेन्टाइनमा बसेका दुईजनामा पोजेटिभ देखिएपछि अन्यलाई क्वारेन्टाइनमै राखेर दोहोर्याएर स्वाप परीक्षण गरिने तयारी भइरहेको जनाइएको छ ।
मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ७ पुगेको हो । प्रदेश १ मा सवैभन्दा धेरै कोरोना संक्रमित झापामा ११८ जना छन् । प्रदेश भरीमा अब कुल संक्रमितको संख्या १७२ पुगेको छ ।