पुष्कर खड्का
काठमाडौ – गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज भेटिएका संक्रमितमा बागलुङमा १० जना ,पर्वतमा ४ जना,स्याङ्जाका १ र म्याग्दीका १ जनामा गरि १६ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताएका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ ।