काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले छ जना युवाहरुको ज्यान लिने गरी रुकुममा भएको घटनाप्रति निन्दा गरेकी छिन् । सामाजिक सन्जालमा आफ्नो अभिव्यक्ति दिंदै नेतृ कोईरालाले एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग–उपल्लो बर्गको नाममा हत्या हिंसा हुने हो भने हामीले २००७ साल देखि सबैखाले बिभेदको अन्त्यको लागि गरेको क्रान्ती , आन्दोलन, जनआन्दोलन के का लागि भन्दै प्रश्न समेत गरेकी छिन् ।
यस घटनालाई कुनैपनि राजनीतिक दलहरुले राजनीतिक रंग नदिई सत्य तथ्य खोजविन गरी , जो जसको संलग्नता भएपनि निष्पक्ष छानबिन गरि दोषि उपर कानूनी कारवाही गर्न नेपाल सरकारसँग कोईरालाले माग गरेकी छिन् । उनले भनेकी छिन्, देशमा भईरहेको बलात्कारको घटना, छुवाछुतको नाममा भएको घटना लगायतका सबै प्रकारका बिभेद तथा कुरितिको नाममा भएको घटनाको दोषिलाई मृत्युदण्ड दिने कानून ल्याउन पनि सरकारलाई आग्रह गर्दछु ।