पुष्कर खड्का
काठमाडौ -लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै छ । काठमाडौं लगायत विभिन्न ठाउँबा व्यवसायीहरुले लकडाउन उलंघन गरी व्यवसाय संचालन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने एक मन्त्रीले बताए।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए। छलफलमा विज्ञहरूले लकडाउन खुकुलो पार्नु पर्ने धारणा राखेका थिए।
व्यवसायीहरूले पनि देशका विभिन्न भागमा व्यवसाय खोल्न सुरु गरेका छन्। सरकारले पछिल्लो समय थपेको लकडाउनको समय जेठ ३२ गते सकिँदैछ। चैत ११ गतेदेखि सरकारले लकडाउन सुरू गरेको हो।