दिपक बस्नेत
दोलखा - दोलखाको मेलुङ्ग गाउँपालिका वडा नम्वर ६ स्थीत गाउँघर सानाकिसान कृषि सहकारि संस्थाले आफ्ना सदस्य कृषकको लागि टनेल वितरण गरेको छ ।
मेलुङ्ग गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका विच व्यवसायिक तरकारि खेति अभियान संचालन गर्दै साना किसान लघुवित्त वित्तिय संस्था र गाउँघर साना किसान कृषि सहकारी संस्थाको सहयोगमा १०० थान प्लाष्टिक टनेल वितरण गरेको हो ।
सहकारीले सदस्य किसानको हितमा विगत बर्षदेखि नै आत्मनिर्भर बन्नका लागि सिलाइबुनाइ, सिकर्मि, डकर्मि, कम्पुटर तालिमको आयोजना गरेको संस्थाका अध्यक्ष श्रीराज पोखरेलले जानकारि दिनुभयो ।
उहाँका अनुसार विभिन्न समयमा फलफुलको बेर्ना, विउविजन वितरण, ट्यक्टर वितरण गरिएको छ ।कोरोना भाइरस माहामारिले विश्व आक्रान्त बनेको अवस्थामा अन्य क्षेत्रबाट गाउँ आउनु भएका र कृषिमा केहि गर्न चाहानुहुने माहानुभावको लागि २० हजार बराबरको टनेल वितरण गरिएको सहकारीका व्यवस्थापक भुप प्रसाद चापागाँईले बताउनु भयो ।
मेलुङ्ग गाउँघर साना किसान कृषि सहकारीले हाल ६ करोड भन्दा माथिको कारोवार गर्दै आएको छ । आगामि दिनमा माग भएका अन्य सदस्य किसानलाई सम्वोधन गर्दै जाने संस्थाले जनाएको छ ।