• पुष्कर खड्का

    रामेछाप - रामेछापमा शुक्रबार देखि होटल,हजाम र व्युटीपार्लर बाहेक सबै पसल खोल्न दिने निर्णय भएको छ । छिमेकी जिल्लाहरु सिन्धुली ,काभ्रे र दोलखामा समेत कोरोना संक्रमित भेटिएको अवस्थामा रामेछापमा भने लकडाउन खुकुलो बनाइने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा सञ्चालित किराना, कपडा, हार्डवेर, कस्मेटिक, कृषि औजार लगायतका पसल शुक्रबारबाट बिहानदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनु भयो ।

    यसरी सञ्चालनमा आउने पसलले व्यक्तिगत दुरी र अन्य सुरक्षाका उपाय भने कायम गर्नु पर्ने छ । हरेक पसलको बाहिर सेनिटाइजर , हात धुने साबुन पानी लगायतको व्यवास्थ गर्नुपर्ने छ । बजार खुलेसँगै स्थानीय प्रशासनले अनुगमनलाई पनि कडा गर्ने भएको छ । बजारमा मिसावट गरी सामान बिक्री गर्ने वा महंगो मुल्यमा सामान बिक्री गरेको पाइएमा पनि कारवाही हुने उहाँले बताउनुभयो ।

    सुरक्षा सावधानी नअपनाउने पसललाई भने अनुगमनगरी बन्द गराइने शर्माले बतउनु भयो । यस अघि जिल्लामा दुधडेरी, तरकारी तथा फलफूल, कृषिका बिउबिज र खाद्यान्न पसललाई बिहान १० बजेसम्म खोल्न दिइएको थियो । ती पसलपनि अब दिउँसो १ बजेसम्म खुल्ने शर्माले जानकारी दिनु भयो ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…