पुष्कर खड्का
रामेछाप - रामेछाप क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे रामेछापले जिल्लाका ३७ जना पत्रकारकाे काेराेना विमा गराएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको संक्रामक रोग कोरोना भाइरस कोभिड–१९ को महामारीका वीचमा पनि जोखिम मोलेर आफ्नो पेशामा निरन्तर रुपमा खटिरहेको पत्रकारहरूको कोरोना विमा गरिएको डब्लुडब्लुजे रामेछापकाे अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिनुभएको छ ।
अध्यक्ष श्रेष्ठको अनुसार जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत २० जना महिला र १७ जना पुरुष पत्रकारको आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत कोरोना बिमा गरिएको डब्लुडब्लुजे रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले
बताउनु भयो ।