• काठमाडौ -पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं ४ बंजारी बाट अाज बिहान सशस्त्र प्रहरी बल बोर्डर अाउट पोष्ट भिस्वा बंजारीले मोटरसाइकल को ट्यांकी मा रहेको ठूलो परिमाण मा नेपाली नोट समेत एक युवक लाई पक्राउ गरेको छ।


    छिपहरमाई गाउँपालिका को भिस्वा बाट बहुदरमाई नगरपालिकाको भौराटार लेजादै गरेको ना४३प २८०२ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा ट्यांकी बाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीका को कमाण्डमा रहेको टोली ले पक्राउ गरेको हो।




    सशस्त्र प्रहरी निरिक्षक पराजुली का अनुसार संका को अधारमा बिहान ९/३० बजेको समयमा चेकजाँच गर्दा मोटरसाइकल को फलास ट्यांकी मा लुकाई छिपाई २२ लाख ४८ हजार नगद बरामद भएको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वार्डनं ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पराजुलीले जनाएका छन।



    बरामद रकम को स्रोत नखुलेको सशस्त्र प्रहरी निरिक्षक पराजुली ले जनाए ।बरामद भएको नेपाली रुपैया हजार को २४८ थान पाँच सय को ३२सय थान ,सय को ३हजार थान, पचास को २ हजार थान नोट हरु बरामद भएका छन ।बरामद भएका मोटरसाइकल ,नगदी रुपैया ,र पक्राउ परेका साह लाई जिल्ला प्रहरी कार्यालय पर्सा मा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवर ले जनाएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…