• काठमाडौं - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।


    बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ।

    बोर्ड अध्यक्ष बन्नका लागि दशजनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।

    मन्त्री परिषद्मा फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो।

    मन्त्री परिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठह-याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।

    दयाराम दाहालले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ हो । उनले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…