काठमाडौ -: “मनाउ जैवविविधता” (Celebrate Biodiversity) भन्ने मुल नाराका साथ सन २०२० मा विश्व पर्यावरण प्रति विश्व स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाउन शुरु गरीएको वातावरण दिवसमा वातावरण दिवस जुन ५ मा मनाइँदै छ ।
वातावरण विश्व भरिनै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । वातावरण दिनप्रतिदि बिग्रनुको कारण मानवीय व्यवहार हो । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भूक्षय आगलागि, प्रकृतिक स्रोत साधनको अवैज्ञानिक तवरले उच्तम प्रयोग आदि हुने गरेको छ ।
वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको संरक्षण तथा जर्गेना गर्ने महत्वपुर्ण जिम्मेवारी पनि मानिसकै हो ।जनसंख्या वृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ( Greenhouse Gas Effect ) ग्यासले गर्दा वायुमण्डल तथा प्रकृति प्रदूषि बन्दै गएको छ । विकासशील मुलुकहरूमा कहालीलाग्र्दो औद्योगिक क्रान्तिकै कारण वातावरणीय पक्ष बिग्रँदै गइरहेको छ भने वातावरण संरक्षणको नाममा वातावरणीय विनाश भइरहेका छन् जसका कारण आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असरहरू देखिँदै गइरहेका छन्।
विशेषगरी नेपालमा समेत वातावरणीय प्रभावका कारण समयमै वर्षा नहुने, भूक्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या, हिमालहरूमा हिउँ कम हुँदै जानु, तापक्रम बढ्दै जानुलगायतका समस्याहरू बढ्दै गइरहेका छन्। एकातिर सफलता तथा उल्लेखनीय उपलब्धिहरू हासिल भएको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ ।
मानवजातिका सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्यास, जनसंख्याको तीव्र वृद्घि, प्राकृतिक सम्पदामाथिको तीव्र दोहन आदि नै वातावरण प्रदूषणको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।
पृथ्वीको सिर्जना साढे चार अर्ब वर्ष अघि भए तापनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोशीय जीवको अस्तित्वका साथै बीस लाख वर्ष जति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यहि प्रकृति मै हुन्छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ ।
प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ उपहार हो । यसको सम्बन्ध प्रकृतिसँग अरूको भन्दा गहिरो र व्यापक छ । आजको २१औँ शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्या बनेको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।
तेश्रो विश्वका ८० प्रतिशत प्राणीहरू फोहोर वासस्थानमा जीवन बिताउन बाध्य छन् भने अर्कोतिर १ अर्ब ३० करोड प्राणीहरू वासविहीन एवं जटिल अस्वस्थामा छन् । यस वर्षमा जङ्गगल अगलागि परि अष्ट्रेलियामा ३३ जनाको मृत्यु ११ मिलियन हेक्टर जङ्गल बिनास तथा ४८० निालियन जिव जवनार नष्ट भयो भने ९०० मिलियन टन कावर्न अतर्सजन भएको छ ।
यो भनेको एक बषर््ामा विश्वभरिका यातायातबाट निस्कने कार्वन डबल हो । यहि तरिकाले पृथिविमा भएका जिवहरु मध्य अवको ५० वर्षमा लोप हुने आदि जिवहरु लोप हुने खतरा बढेको एक अध्यनले देखाएको छ ।बर्सेनि १० करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ ।
वायुमण्डलमा हरित गृहको गयासको मात्रा बढन गई यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराउँछ । धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् । विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषित सहरको रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् ।
वातावरणीय असरलाई मध्यनजर गरी सन् १९९२ जुन ५ मा ब्राजिलको रियोडी जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तत्वहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा गर्यो ।वन्यजन्तुको अवैध चोरी शिकारी तथा व्यापार मौलाउँदै गएको भन्दै विश्वभर यस विषयमा चिन्ता बढ्न थालेको छ ।
यसबाट जैविक विविधता नै खतरामा परेको भन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो । मानवीय क्रियाकलापका कारण वातारवरणमा परिरहेको असर न्युनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महत्वपूर्ण अवसर हो ।विश्व वातावरण दिवसका अवसरमा वातावरण मन्त्रालय सहित सरकोकारवाला अन्य संघसंस्थाहरूको सहभागितामा जनचेतनामुलक कार्यक्रमहरू गरिँदै आएको छ ।
वातावरणको महत्व झल्काउँदै जिल्लाजिल्लामा चेतनामूलक ¥याली भिडियो सडक नाटक, पनि गरिन्छ । वातावरण सम्बन्धी चित्रकला लगायतका रचनात्मक क्रियाकलापहरू गरिन्छ । वातावरण दिवसका अवसरमा सहरी क्षेत्रमा साइकल र्याली गरिन्छ । खाली जग्गाहरूमा वृक्षारोपण गरिन्छ । काठमाडौंमा प्रत्येक वर्ष बागमति सफाइ लगायतका अभियानमुखी कार्यक्रमहरू गरिँदै आएको छ ।
विश्व वातावरण दिवस लक्षित कार्यक्रम
निष्कर्षमा भन्नुपर्दा वातावरण संरक्षणका लागि विभित्र कार्यक्रम गरी विश्वभर वातावरण दिवस मनाइन्छ । हाम्रो देशमा पनि वातावरण संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गरिँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको थियो । यसरी ५१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्नेमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भयो । त्यसै अनुरूप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगिकार गरिएको थियो ।विश्वमा प्रतिमिनेट ३२ हेक्टर जमिन रूखविहीन भएका छन् ।
एउटा मनुष्यलाई प्राण वायुका लागि १२ वटा गोब्रे सल्लाका रूखहरूको आवश्यकता पर्दछ । त्यस्तै गरी, एक हुर्किएका सय वर्षका भोजपत्रले करिब आठ सय घरका एक वर्षको हावालाई शुद्ध पार्ने कार्य गर्दछ । यस क्रममा एक स्वस्थ भोजपत्रका रूखले सात हजार जीवात्मालाई वासस्थान दिन्छ । त्यस्तै अनुसन्धानबाट थाहा भएको छ वायु मण्डलमा भएको करिब २१ प्रतिशत प्राणवायु अक्सिजन संसारका प्रत्येक व्यक्तिले स्वास क्रियामा प्रयोग गर्दछन् ।
एक व्यक्तिका लागि स्वास फेर्ने कार्यका लागि मात्र पनि ६ वटा रूखको जरूरत पर्दछ । एउटा स्वस्थ मानिस प्रतिमिनेट १२ देखि २० पटक सास फेर्छ र यसरी सास फेर्दा उपयोगमा ल्याइएको वायुको महत्व खाएको भोजनको मात्राभन्दा झण्डै २० गुणा बढ्ता हुन्छ । एक वृक्षले सरदर २ दशमलव ७ केजी प्राणवायु वायुमण्डलमा फ्याँक्छ ।
तर प्रतिवर्ष बिरूवाबाट ८० लाखदेखि २ करोड हेक्टर जंगलको विनाश भएको हुने गरेको छ । प्रतिवर्ष ६० लाख हेक्टरका दरले उर्वर भूमि मरूभूमीकरण हुने गरेको छ ।
जसकारण हामि आफुपनि बाच्ने र पृथिविलाई बचाउने हो भने आजैबाट राष्ट्रिय र अन्तराष्ट्रिय रुपामा आमनागरिक, बुद्घिजीवी, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, शिक्षक, कर्मचारीहरू सबै गोलबन्द भई वातावरण संरक्षण गर्ने कार्यमा सहभागी हुँदै प्रचारप्रसार गर्दै वातावरण प्रदूषण न्यूनीकरणका लागि जनचेतना जगाउँदै अघि बढेमा मात्रै वातावरण संरक्षेण हुने देखिन्छ ।
लेखक माधब ढकाल :वातावरण संरक्षण परियोजना मन्थलीका वातावरण संयोजक हुन् ।