•  

     

     

     २०७७ जेष्ठ २३ 

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालीको उद्धार गरी शुक्रबार ल्याउने तयारी गरिएकोमा पैसाको विवाद भएपछि पहिलो उडान नै रोकिएको छ ।

    १६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । तर पैसाको विवाद भएपछि आफ्नै खर्चमा आउन चाहेका नेपालीहरुलाई मात्र लिएर एयर अरेबियाको विमान नेपालका लागि उड्ने भएको छ ।

    यद्यपी उक्त विमानमा कति जना आउँदैछन् भन्नेबारे खुलेको छैन । तर अलपत्र परेका नेपाली जो आफ्नै खर्चमा आउन तयार छन्, उनीहरुलाई स्वदेश फर्काउन एयर अरेबियाको विमान शुक्रबार नेपाल आउने निश्चित भएको छ ।

    युएइले आफ्नै खर्चमा १६८ जना नेपालीलाई स्वदेश फर्काउने भनेको थियो । यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो ।

    पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो । तर अन्तिम समयमा पैसाको विवाद उठेपछि उक्त उडान भने अझै अनिश्चित छ ।

    यता म्यानमारका २६ नेपालीको भने उद्धार गरिसकिएको छ । उनीहरु शुक्रबार बिहान नेपाल अवतरण गरिसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…