• पुष्कर खड्का
    काठमाडौ - रामेछाप जिल्लाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    जिल्ला बाट परीक्षणको लागि ७० जनाको स्वाव पठाइएकोमा अहिलेसम्म १७ जनाको स्वाव रिपोर्ट पोजेटिभ आएको हो । ७० जनाको स्वाव पठाइएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको र २३ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. जितेन्द्र कर्णले जानकारी दिनुभयो ।


    धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेका छन् । मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापमा अाज एकैचोटी १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ।


    जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।


    यसअघि मन्थली नगरपालिकाका ९ जना रामेछाप नगरपालिकाका ८ जना, दोरबा गाउँपालिकाका १० जना, लिखु तामाकोसी गाउँपालिकाका १८ जना र गोकुलगंगा गाउँपालिकाका १९ जना व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणको पीसीआरका लागि पठाइएको थियो । अन्यको भने रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ भने सबै १७ जनालाई जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…