पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
आज १७ देखी ४९ वर्ष उमेरका समुहका १८ जनामा एकै पटक धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो
जिल्लाबाट थप परीक्षण गर्नका लागि पठाएको लिखु तामाकोसी गाउँपालिकाका १८ जना मध्ये ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. जितेन्द्र कर्णले जानकारी दिनुभयो ।
कर्णले दिएको जानकारी अनुसार त्यस्तै गोकुलगंगा गाउँपालिकाका १९ जना मध्ये ११ जनामा कोरोना पुष्टि भएको कर्णले जानकारी दिनुभयो ।अन्यको भने रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । सबै १७ जनालाई जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको छ।