• उर्लाबारी । मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालले आफ्नो १४ औं अधिवेसनको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
    यस बर्षको लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार तथा राष्ट्रिय समाचारपत्रका सम्पादक केदार चौहान र गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरि कोइरालालाई प्रदान गर्ने भएको हो । स्थानीय समाजसेवी जयधर्म आचार्यले आफ्नी स्व. आमा लीलादेवी र स्व. धर्मपत्नी गोमाको संयुक्त नामबाट पुरस्कार स्थापना गरेका हुन् ।
    त्यसैगरी सोही अवसरमा क्लबले दाताराम खतिवडा स्मृति पत्रकारिता पुरस्कार पत्रकार तेजन खड्का र रञ्जना बुढाथोकीलाई पनि प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशी जनही पाँच हजार नगद र सम्मान पत्र रहेको महासचिव नवराज भट्टराईले जनाए । उक्त पुरस्कार सञ्चार क्लवका पूर्व अध्यक्ष दुर्गाप्रसाद खतिवडाले स्वर्गिय बुवा दाताराम र आमा पद्यमादेबीको स्मृतिमा क्लव मार्फत बर्षेनी प्रदान गर्दै आएका छन् ।
    क्लबका अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । क्लबको १४ औं अधिवेशनका अवसरमा आगामी माघ २८ गते सो पुरस्कारले वितरण गरिने क्लबका अध्यक्ष भण्डारीले बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…