• २२ माघ, काठमाडौं ।

    ओलम्पिक खेलमा सहभागीताबारे छलफल गर्न उत्तर कोरियाले अहिलेसम्मकै उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउने भएको छ ।

    शुक्रबार हुने वार्ताको नेतृत्व उत्तर कोरियाका संसद प्रमुख किम योङ नामले गर्ने भएका छन् ।  उनी उत्तर कोरियाका सेरेमोनियल राष्ट्रप्रमुखसमेत हुन् । उनी २२ सदस्यीय टोलीको नेतृत्व गर्दै दक्षिण कोरिया जान लागेका हुन् ।  उत्तर कोरियाबाट दक्षिण कोरियामा हुन लागेको यो चार वर्षयताकै उच्चस्तरीय भ्रमण रहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

     

    वार्तामा सहभागी हुन किम नेतृत्वको टोली पानी जहाजबाट दक्षिण कोरिया पुग्ने छ । उत्तर कोरिया र रसियावीच सञ्चालन हुादै आएको एक प्रकारको फेरिमा चढेर उत्तरको उच्चस्तरीय टोली दक्षिण प्रवेश गर्ने मन्त्रालयले जनाएको छ । दक्षिणले सन् २०१० देखि नै उत्तरका पानीजहाजलाई दक्षिणी तट प्रवेशमा रोक लगाएको भए पनि यो उच्चस्तरीय वार्ताका लागि सो प्रतिबन्ध खुलाइने दक्षिणको मन्त्रालयले जनाएको छ ।

    उत्तर कोरिया र दक्षिण कोरियाबीच शत्रुतापूर्ण सम्वन्ध छ । उत्तर कोरियाको आणविक अस्त्र परीक्षणले कटुतालाई झन् बढाएको छ ।लाई दुवै कोरियाबीचको सम्वन्ध सुधारको अवसरको रुपमा पनि लिइएको छ । ओलम्पिक उदघाटन समारोहमा दुबै कोरियाका खेलाडीहरुले एउटै झण्डा मुनि मार्चपास गर्ने बीबीसीले जनाएको छ ।

सम्वन्धित समाचार

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । …