• रामेछाप — रामेछापको गोकुलगंगा ४ घर भएका कोरोना संक्रमित युवा भागेका छन् । शुक्रबार अपरान्ह गाउँपालिकाको क्वारेन्टाइनबाट पालिका अध्यक्षले घर पठाएका एक युवालाई केही क्षणमै संक्रमण भएको पुष्टि भएपछि फर्काउन खोज्दा उनी भागेका हुन् ।

    ७ दिनदेखि गोकुलगंगा अस्पतालको क्वारेन्टाइनमा राखेका ती युवासहितका व्यक्तिहरुलाई पालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले स्वाब परीक्षण नेगेटिभ आएको भन्दै हात मिलाएर बिदा गरेका थिए ।


    क्वारेन्टाइनबाट बिदाइ भएकाले बेताली बजारमा सामान किनमेल गर्नुका साथै घर परिवारका सदस्यलाई भेटेका थिए । त्यसको केही क्षणमा नै उक्त क्वारेन्टाइनमा रहेका ११ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।



    संक्रमणको जानकारी पाउनासाथ सुनुवारले गाउँ जान क्‍वारेन्टाइनबाट बिदाई गरेका व्यक्तिहरुलाई फेरि फर्कनका लागि फोन गरेका र यातायातका साधन पठाएका थिए । अरु साधन चढेर फेरि क्वारेन्टाइन फर्के पनि बेताली घर भएका युवक भने फरार भएका हुन् ।


    उनको खोजीमा बेताली अस्थायी प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको तर फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए । उनका अनुसार खोजी जारी छ । संक्रमित १० जनालाई भने जिल्ला अस्पतालको आइसोलेसनमा राख्नका लागि लगिँदै छ ।


    रामेछापमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गोकुलगंगा गाउँपालिकाका ११ र लिखु तामाकोसी गाउँपालिकाका ६ जना रहेका छन् । लिखुबाट समेत संक्रमित जिल्ला अस्पताल पठाइएको छ । भारतबाट केही दिनअघि आएका उनीहरु सबै क्वारेन्टाइनमा चार दिन अघि उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

    संक्रमित सबैलाई रामेछाप जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए । जिल्ला अस्पतालमा १४ वटा आइसोलेसन वार्ड रहेकोमा ३ वटा थप व्यवस्था गरिएको छ ।कान्तिपुर

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…