काठमाडौ - “सुरक्षित जीवनका लागि जैविक विविधता”भन्ने मूलनाराका साथ विश्वभर दिवसका अवसरमा रामेछापका विभिन्न स्थानहरुमा वृक्षारोपण गरिएको छ ।
संघीय आर्थिक सहायताा तथा विकास मन्त्रालय र तेरे दे जोम्स जर्मनीको आर्थिक सहयोगमा सामुदायिक विकास समाज , श्रृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रमको संयुक्त साझेदारीमा संचालित वातावरण संरक्षण परियोजना रामेछापले वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रम अन्र्तगत सदरमुकाम मन्थली स्थित मन्थली माध्यामिक विद्यालय, रामेछाप नगरपालिकाको गौरीशंकर माध्यामिक विद्यालय, नयाँ गोरखगण दल गण र सानीमदौ सामुदायिक वन क्षेत्रमा क्यासियो , गुल्मोर ,कटहर ,आरु ,निम लगायत विभिन्न जातका ४ सय बढी विरुवा रोपिएको वातावरण संरक्षण परियोजना रामछापका बाल संयोजक बलराम लामाले जानकारी दिनुभयो ।