पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाका १७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको मध्ये १५ जना व्याक्तीहरुलाई जिल्ला अस्पताल रामेछाप ल्याइएको छ ।
जिल्लाको लिखु तामाकोसी गाउँ पालिकाका र गोकुलगंगा गाउँ पालिकाकाहरुको क्वारेन्टिनमा रहेका संक्रमित व्याक्तिहरलाई जिल्ला अस्पताल रामेछापको आईसुलेशनमा शुक्रबार बेलुका नै ल्याएर राखिएको अस्पतालका कोरोना रोग सम्पर्क व्यक्ति डाक्टर आनन्द आचार्यले जानकारी दिनुभयो ।
संक्रमित व्यक्तिहरु सबै भारतबाट जिल्ला आएर क्वारेन्टाइनमा बसेको कारण संक्रमितको परिवारमा थप संक्रमणको जोखिम कम देखिएको बताएका छन । संक्रमित मध्य २ जना फरार रहेको कारण उनीहरुको खोजीकार्य भइरहेको छ । सम्पर्कमा आएका १५ जनाको अवस्था समान्य रहेको र उनीहरु सबैको जिल्ला अस्पताल रामेछापको आइसोलेसन रुममा राखी उपचार भइरहेको डा आचार्यले जानकारी दिनु भयो ।
शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका रामेछापका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि थियो । संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेका छन् । उनिहरु सबैको अवस्था समान्य रहेको डा आचार्यले बताउनुभयो ।