• काठमाडौ - सरकार देशको स्वाभिमान, स्वाधीनतामा घातक MCC पास नगरौं देशमा ३ करोड जनसंख्या छ जसमध्ये “देश विकासमा स्वदेशी लगानी ” भनेर १ करोड नेपाली बाट बर्षमा ५००० दरले पैसा उठाउने हो भने १०००००००×५०००=रु.५००००००००००अर्ब हुन्छ वा २ करोड नेपालीबाट बर्षमा ५००० उठाउने हो भने दोब्बर हुन्छ ।






    अलि हुने र कमाउन सक्ने, व्यावसायिक गर्ने प्रत्येकले १०००० देखि ५०००० सम्म उठाउने हो भने MCC भन्दा ४/५ देखि १० औं गुना बढी हुन्छ र अरबौँको व्यावसायिक गर्ने बिनोद चौधरी ,खेतान ग्रुप ,शेष घले,उपेन्द्र महतो जस्ता ब्यक्तिहरुलाई लगानी गर्न उत्साहित हुने खालको सेवा सुबिधा सहितका कार्यक्रम ल्याएर बढी भन्दा बढी लगानी गर्ने बाटो बनाईदिने हो भने MCC अमेरिकाले दिने ५७ अर्बको १०० गुना बढी पैसा हामी आफै संग हुन्छ र अर्को कुरा आर्थिक नयाँ बर्षमा १० देखि १५ खर्ब बजेट निकास गरि बर्ष भरिमा सबै खर्च गरिसक्नुपर्ने बजेट /पैसा सरकारले खर्च गर्न नसकेर कुल बजेटको ५०% देखि ७०% मरेर खर्च भाको छ त्यो पनि आर्थिक बर्ष सकिनै लाग्दा माफिया र दलालहरुले रातारात पैसा सक्ने मात्रै खेल गरेर बालुवामा पानी हालेझै जस्तो गरि पैसा पचाउन यसो गरेजस्तो मात्रै भएको छ । भने यहाँ देश बिकासमा बजेट र पैसाको समस्या होइन सरकार चलाउने र सरकारमा बस्ने कर्मचारी देखि प्रमुख ब्यक्तिहरुको नियत नै खराब भएर देश अबस्था बिग्रेको हो ।





    त्यसैले आजैदेखि सरकार तपाईं र म बाट सुरु गरौँ अहिले ५००० रुपियाँ भनेको एउटा साधनरण बिहान बेलुका छाक टार्न मुस्किल पर्ने मजदुर,किसानले ,अण्डा ,एउटा कुखुराको भाले ,एउटा बाख्रो ,साग ,गुन्द्रुक बेचेर पनि दिन सक्छन ! यहाँ पैसा र बजेटमा समस्या देखिएन र अल्झिने पनि कुरै रहेन यहाँ त भ्रष्टाचारलाई उन्मुक्ति दिनेहुनाले आफ्नै बुबाले केही किन्न पठायो भने पनि कमिसन खाने रितिले गर्दा आज लाखौं युवाशक्ति ,विकसित देश लगायत खाडिका मुलुकमा बेचिन बाध्य छ्न भने कतिपय देशकै जनशक्ति बेरोजगारिले गर्दा निराशा भएर विदेशीन र आत्महत्या गर्न बाध्य छ्न त्यसैले जनहितमा निति ,नियम ,ऎन,कानुन ,बल्ल बल्ल ल्याएको संविधान त्रुटिपूर्ण भए पुनः लेखन गरेर वा संशोधन गरेर सबै जातजाति भाषा भाषिहरुको रितिथिती,संस्कार संस्कृति र मौलिक झल्किने र आफू नेपाली भएको महशुस वा अनुभूति गराउने व्यबस्था ल्याई नियत,व्यबहारमा परिवर्तन ल्याउनु जरुरी छ र यदि नियत व्यबहार नै खराब भएपछि जति बजेट / पैसा भए पनि अर्थहीन वा काम लाग्दैन यी सबै समस्या र विकृतिले गर्दा देश र जनता गरिब भएको हो साथै स्वास्थ ,शिक्षा ,आवसको अभाव देखि भोकभोकै मर्न बाध्य छ्न त्यसकारण यस्तो नीति र नियत आजै सच्याएर लागौं अबको ५ बर्षमा सुखी जनता समृद्ध नेपाल बन्छ ! सबैले लाईक,कमेन्ट र शेर गरौं सरकार सम्म पुर्‍याउँ,धन्यवाद !

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…