• काठमाडौँ - नेपाल फर्कन जरुरी भएका कतारमा रहेका नेपालीहरुको लागि अत्यन्त जरुरी सूचना (दर्ता फारामको लिङ्कसहित)

    https://docs.google.com/forms/d/e/1FAIpQLSdF2JmUKHWtfXonxbamrvbB7eAMb7vNodIgS5SWpkYcBe5Wkg/viewform?usp=send_form

    कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा राजदूतावासले 23 अप्रिल 2020 मा आव्हान गरे अनुरुप कतारमा रहनुभएका नेपाली नागरिकहरुले तथ्याङ्क संकलन फाराम भरी आफ्नो विवरण उपलब्ध गराउनु भएकोमा नेपाली राजदूतावास दोहा सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

    नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७।२।१२ को निर्णयबाट जारी भएको ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ अनुरुप तेश्रो मुलुकबाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा देहायबमोजिमका प्रावधानहरु उल्लेख छन्:

    •अन्तरर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी अन्य परीक्षण) को प्रमाण साथमा राख्नुपर्नेछ । यस सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ ।

    •नेपाल जाँदा लाग्ने हवाइ उडान खर्च र होटल क्वारेन्टिन खर्चलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्नेछ । हवाई उडान तथा यसका लागि लाग्ने खर्च साथै स्वदेश फर्कने प्रकृयाका बाँकी सबै जानकारी उपलब्ध हुनासाथ जानकारी गराइनेछ।

    •अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिंग सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयमले व्यहोर्नुपर्ने पर्नेछ ।

    • तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

    तसर्थ, नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीहरुले उपरोक्त प्रावधान पूरी गरी नेपाल फर्कनका लागि बुँदा १-७ सम्मका व्यक्तिले देहायका पदाधिकारीसँग सम्पर्क राखी नाम तथा विवरण टिपाउनुहुन तथा बुँदा ८-१० का व्यक्तिले दिइएको लिंकमा गई आफ्नो विवरणहरु भर्नुहुन अनुरोध छ ।

    १. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्नेहरुले सम्पर्क अधिकारी तृतीय सचिव श्री जिना अधिकारी, फोन नं.33880321

    २. कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका

    ३. सुत्केरी तथा गर्भवति महिला बालबालिका

    ४. ज्येष्ठ नागरिक र अपांगता भएकाहरुलेे

    २ देखि ४ सम्मका लागि सम्पर्क अधिकारी तृतीय सचिव श्री मनिषा शर्मा, फोन नं. 66963616

    ५. अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत

    ६. पारिवारिक पुनर्मिलनका लागि आएका

    ७. पर्यटक तथा व्यापारिक भिसामा आएका

    ५ देखि ७ सम्मका लागि सम्पर्क अधिकारी द्वितीय सचिव श्री प्रवीण भट्टराई, फोन नं.66950724

    ८. कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका

    ९. श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका

    १०.. वार्षिक/बेतलबी बिदामा रहेका

    ८ देखि १० सम्मको हकमा https://forms.gle/oESHhvLbJqWtfr8s6 लिंकमा गई आफ्नो विवरण उपलब्ध गराउनु हुन ।

    उपरोक्त लिंक अनुसार फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरुः

    १. तालिकामा रहेका बुँदा नं. १ देखि ७ सम्मका व्यक्तिहरूले फाराम भर्नु नपर्ने

    २. बुँदा ८ देखि १० सम्मका लागि हरेक व्यक्तिले छुट्टाछुट्टै फाराम भर्नु पर्ने;

    ३. एकै कम्पनीबाट ५ भन्दा बढी व्यक्ति नेपाल फर्कनुपर्ने भएमा ती व्यक्तिले फाराम भर्नु नपर्ने ।यस्तो अवस्थामा सम्बन्धित कम्पनिका प्रतिनिधिले राजदूतावासका PRO श्री अलिमुद्दिन मो. रसुल मिया (फोन नं. 70453388) सँग सम्पर्क गरी एकमुष्ट नामावली तथा विवरण उपलब्ध गराउनुपर्ने

    ४. रोजगारदाताबाट पाउने सेवा सुविधा प्राप्त हुने सुनिश्चित गरेर मात्र फाराम भर्ने

    ५. कतार सरकारको कानूनबमोजिम बहन गर्नुपर्ने कुनै पनि दायित्वको कारणले नेपाल जान नमिल्ने भएमा व्यक्ति स्वयं जिम्मेवार हुने

    ६. फाराम भर्दा उल्लेख गरेको विवरण प्रमाणित हुने कागजात हवाइ टिकट लिने समयमा वा राजदूतावासले मागेको बखत पेश गर्नु पर्ने र उक्त कागजातबाट विवरण प्रमाणित हुन नसकेमा प्राथमिकताको सूचिबाट हटाईने ।

    यस सन्दर्भमा गैर्‍हआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार लगायत कतारस्थित सम्पूर्ण संघ/संस्था तथा सामाजिक अभियन्ताहरुले माथि उल्लेखित सूचना अनुरुपको जानकारी सम्बन्धित सबैमा प्रवाह गर्न तथा उल्लेखित लिंकमा फाराम भर्न सहयोग गरी दिनुहुन सबैमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।


    https://youtu.be/ZShPHEIv9y0

    नेपाली राजदूतावास
    २०७७/०२/२२ (४ जुन २०२०)
    दोहा, कतार ।
    Phone: +974-44675681/83 Fax: +974-44675680 Email: [email protected]/ [email protected],website: qa.nepalembassy.gov.np (q8nepal.com बाट साभार)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…