• पुष्कर खड्का

    रामेछाप - रामेछापको गोकुलगंगा गाउँपालिको क्वारेन्टिनमा बसेकाकोरोना संक्रमीत युवा फरार रहेका छन । फरार युवाको आज विहान सम्म खोजीकार्य जारी रहेको छ । संक्रमित युवक शुक्रवार दिउँसो देखी फरार रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।



    प्रहरीका अनुसार जिल्लाका १७ जना कोरोना संक्रमित मध्ये ११ जना गोकुलगंगा गाउँपालिका रहेका र ११ जना संक्रमित मध्ये एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनु भयो ।


    क्वारेन्टिनमा वसेकायुवाहरुको स्वाब परिक्षणको लागि धुलिखेल पठाइएकोमाउनीहरुको रिपोट नआउँदै गाउँपालिका अध्यक्ष खड्गवहादुर सुनुवारले सवैजनाको रिपोट नेगेटिभ आएको भन्दै हातमिलाइएर बिदाई गरी घर पठाएका थिए । क्वारेन्टिन स्थलवाट घर तर्फ लागेकायुवाहरुले वेतालीवजारमा घुमफिर गरी सामानहरु समेत किनेर घरतर्फ लागेकाथिए ।

    क्वारेन्टिनवाट युवाहरु घर गएको केही क्षणमै ११ जनाकै स्वाब परिक्षणको रिपोट पोजेटिभ देखिएको भन्दै स्वास्थ्यमन्त्राालयले कोरोना रिपोट सार्वजनिक गरेको थियो ।


    स्वास्थ्यमन्त्रालयले रिपोट सार्वजनिक गरेसँगै गाउँपालिका प्रमुखले क्वारेन्टिनमा बसेका सवैजनालाई पुनःक्वारेन्टिनमा फर्कीन टेलिफोन मार्फत अनुरोध गरेर पालिकाकै सवारी साधनमार्फत फर्काएका भएपनि गोकुलगंगा वडा नं ४ वेतालीका एक युवक भने सम्पर्कमा नै नआई फरार भएका हुन् ।








सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…