• पुष्कर खड्का
    रामेछाप - रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमित संख्या २० पुगेको छ । शुक्रबार एकै दिन १७ जना संक्रमित थप भएपछि संक्रमिति संख्या २० पुगेको हो ।


    रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिका ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । संक्रमित व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याएको छ ।
    रामेछाप जिल्लामा यस अघि पनि दुई जना कोरोना संक्रमित भएका थिए ।


    पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएक थिए ।


    आइसोलेसनमा उपचार भएर प्रहरी जवान घर फर्किसकेका छन् । त्यसैगरी जेठ ७ गते कोराना संक्रमित भएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुष पनि नौ दिन पाटन अस्पतालको आइसोलनमा उपचार गरेर स्वास्थ्य भएर घर फर्किएका छन् ।


    त्यसैगरी आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रामेछाप स्थायी घर भएर हाल जुम्लामा कार्यरत एक पुरुषमा पनि कोरोना संक्रमण भएको छ । योसँग जिल्लामा कोरोना संक्रमितको संख्या २० जना पुगेको छ ।


    १७ जना कोरोना संक्रमित भएसँगै जिल्लाभित्र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमाथि निगरानी बढाइएको छ । रामेछापको आठ वटा स्थानीय तहमा भारतबाट आएका सहित दुई सय भन्दा बढी नागरिकहरु गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनु भयो ।


    संक्रमित बसेको क्षेत्रमा सिल
    रामेछापकाा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमित भएका आसपासको क्षेत्रलाई स्वास्थ्य सतर्कताको लागि सिल गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

    आसपासका क्षेत्रका बासिन्दाहरुलाई संममित र सतर्क रहन आग्रह गर्दै आपसपाका क्षेत्रको स्वास्थ्य संवेदनशिलतालाई मध्यनगर गरी ती स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नहुने गरी प्रतिबन्ध लगाइएको शर्माले बताउनु भयो ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…