• कृष्ण गुप्ता

    बिरगंज - समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको ।

    कार्यक्रमा १ महिला सहित ६१ जनाले रक्तदान गरेका छन । संस्थाका अध्यक्ष अकलेश साहले रक्तदान गरि शुभारम्भ गरेको रक्तदान कार्यक्रममा जगरनाथ प्रसाद कलवार,दिपेन्द्र साह, रोशन सर्राफ, राहुल साह, शम्भु साह, रंजित चौरसिया, धर्मेन्द्र पटेल,रुपेश साह,सृजना दहाल लगायतकाले रक्तदान गरेको अध्यक्ष साहले जानकारी दिनुभयो ।


    कार्यक्रममा नेकपा पर्साका अध्यक्ष शम्भु हजरा, जिल्ला सदस्य शम्भु गुप्ता,ब्लड डोर्नस एशोसियएसन पर्साका सहसचिव उमेश गुप्ता,नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी, ।


    वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी ,वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, बिद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, युवा नेता बाबुनन्द पटेल,रविन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।


    संस्थाका अध्यक्ष अकलेश साहले छोटो समयमै संस्थाले बिभिन्न समाजिक कार्य मार्फत जनताको सेवा गरेका जानकारी दिनुभयो ।

    उहाँले तिन महिना अगाडि मात्र संस्थाले वीरगंज २३ प्रसौनी बिर्तामा वृहत रक्तदान कार्यक्रम गरेको र शितलहरमा वीरगंजमा विभिन्न वडाहरुमा कम्बल बितरण गरेको जानकारी दिनुभयो ।

    अध्यक्ष साहले लक डाउनको समयमा पनि संस्थाले कोरोना भाईरसबारे बिभिन्न जनचेतना मुलक कार्यक्रम र अति आवश्यक बिपन्न परिवारलाई राहत समेत बितरण गरेको छ ।संस्थाले हरेक बर्ष कम्तिमा ३ पल्ट रक्तदान गर्ने अध्यक्ष साहले घोषणा समेत गर्नुभएको छ ।


















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…