प्रिया अधिकारी
२४ जेठ, रुपन्देही । पाल्पाको रैनादेवी छ्हरा गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष देवेन्द्र पुनलाई रुपन्देहीको सालझण्डीको झिमझिमेबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ३ लाख घुस सहित रंगेहात पक्राउ गरेको छ।
रुपन्देहीको सालझण्डीमा काठको काम गर्ने व्यवसायीसंग काठ लिलामको काममा सहजीकरण गरिदिने भनी घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलको टोलिले घुस बापत ३ लाख रकम लिदै गरेको अवस्थामा सालझण्डीको झिमझिमेबाट नियन्त्रणमा लिएको र उनि माथी थप अनुसन्धान भै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभएको छ।