• नेकपा उर्लावारीले प्रदेश सरकारले मंगलबारे अस्पताललाई स्तरोन्ती गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकासित गर्ने विषयमा समर्थन जनाएको छ ।

    नेकपा उर्लावारीका अध्यक्ष उमाकान्त गौतमले मंगलबारेपेजसँग करिब आधा घन्टाको कुराकानीले उनले प्रदेश सरकारले गरेको निर्णयलाई पार्टीले समर्थन नगर्ने कुरै नहुने बताए । उनले भने,'प्रदेश सरकार नेकपाको हो । नेकपाले गरेको निर्णय नेकपाले मान्छ । यसमा कुनै टाउको दुखाइको विषय नै छैन । '

    नेकपा उर्लावारीका अध्यक्षलाई हामीले स्थानीयवासी नाम परिवर्तनको विषय मन्दैनौ भनेर असन्तुष्ट जनाइरहेको अवस्थामा नेकपाले यो निर्णय गलत त भएन भन्‍ने मंगलबारे पेजको प्रश्‍नमा अध्यक्ष गौतमले भने,'यसमा स्थानीयावासी खुसी हुनुपर्ने बताए । सरकारले मंगलबारे अस्पतालसहित धरानको वीपी प्रतिष्ठान र काठमडौंको वीर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजिरहेको छ । ट्रमा सेन्टरको रुपमा अगाडि बढाउन खोज्दा प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा अनुदान जुटाउन सकिन्छ भन्‍ने किसिमले मदन भण्डारी नाम सार्न खोजेको हुन सक्छ ।'
    गौतमले मंगलबारेलाई सुविधा सम्पन्‍न अस्पताल बनाउने कुरामा नेकपाको एउटा विचारक सिद्धान्तको प्रतिपादन गर्ने मानिसको नाम राख्‍न खोज्दा यो विषयमा आपत्ति जनाउनुपर्ने विषय नभएको जिकिर गरे ।

    उनले भने,' हिजो ब्रिटिसले चलाएको घोपा क्याम्प पनि विपी अस्पतालको रुपमा विकासित भयो । भरतपुर अस्पतालक वीपी मेमोरियल भयो, बाँकेको अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल भयो । सप्तरीको सगरमाथा अस्पताल गजेन्द्र नारायणसिंह अस्पताल बनाएको छ । राज नेताको नाममा राख्दा त्यो किन आपत्तिको विषय होला ? यसमा मैले बुझ्न सकेको छैन । '
    '#मंगलबारेको पहिचान मेटिदैन'

    नेकपाका अध्यक्ष गौतमले अस्पतालको नामाकरणले कुनै पहिचान नमेटिने दाबी गरे ।उनले अस्पताल नै मंगलबारेमा हुँदा पहिचान मेटिने कुरा नहुने बताए । उनले भने,'घोपाको पहिचान वीपी मेमोरियल भएकाले पहिचान मेटिएकै छैन । अहिले पनि धरान मै छ अस्पताल । भरतपुर र सप्तरीका अस्पतालको पहिचान मेटिएको छ ? कसैको पनि मेटिदैन । मंगलबारे ठाउँकको पहिचान मेटिदैन र मेटिनु नि हुँदैन भन्ने मेरो धारणा हो । '
    उनले प्रदेश सरकारले मात्रै एउटा विचारकको स्मृतिमा अस्पताल राखिदिदैमा आपत्ति जनाउनुको विरोध नहुने दाबी गरे ।


    '#लगानी धेरै आउँछ'
    उनले नेता तथा विभूतिको नाममा अस्पताल हुँदा राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान हुने गरेको बताए । उनले धरानको वीपी प्रतिष्ठानदेखि वीर अस्पताल पनि व्यक्तिको नाममा भएकाले नै पहिचान भएको बताए ।
    उनले धरानको घोपाको अस्पताललाई त्यो बेला वीपीको नाममा विकासित गर्दा भारतले लगानी गरेर सुविधासम्पन्‍न अस्पताल निर्माण गरेको बताए । उनले अस्पताललाई बृहत रुपमा विकासित गरिरहँदा सहयोग र लगानी पनि त्यही अनुपातमा आउने दाबी गरेका छन् ।


    '#वीरबल थापा संयोजक्तोमा गठित समितिबारे मलाई दुःख लागेको छ'
    मिडिया प्रायः नआउने नेकपा उर्लावारीका अध्यक्ष गौतमले वीरबल थापाको संयोजक्तवमा गठित समितिलाई 'दुखद'
    को संज्ञा दिएका छन् । उनले मंगलबारे पेजलाई भने भने,'म नेकपाको अध्यक्ष,वीरबल जी कांग्रेसको सभापति हुनुहुन्छ । हामी धेरै कुरमा सहकार्य गरेर बढ्छौं । नामाकरण विषय कांग्रेसको आपत्ति जस्तो पनि छैन । यस विषयमा कांग्रेस पार्टीले पनि आफ्‍नो विगत हेर्नुपर्छ । हिजो धरानको घोपा क्याम्पलाई वीपी प्रतिष्ठानमा रुपान्तरण गर्दा हामीले विरोध गरेनौं । कुनै विज्ञप्ति नकालेनौ । प्रजातान्त्रिक विचारकको नाममा धरानमा वीपीको नामकरण गर्दा हामीले विरोध गरेनौं । न त सप्तरीमा न त भरतपुर बाँकेमा पनि गरेनौं । अहिले पनि मेरो घर अगाडि जाने सडक जीपी मार्ग भनेर निर्माण गरिएको छ । मैले कहाँ विरोध गरेँ । यसमा नेपाली कांग्रेसका साथीहरुले बुझ्नुभएन ।'
    उनले नेपाली कांग्रेसले राजनेताको चिन्‍तन राख्‍ने हो भने सानो कुरामा राजनीति गर्न खोजेर विज्ञप्ति निकाल्ने कुरा फिर्ता लिनुपर्ने बताए ।

    गौतमले अन्य दलका प्रतिनिधहरुलाई यस्तो विषयमा राजनीति नगर्न भन्दै आग्रह गरेका छन् । उनले आफुलाई पनि सर्वदलीय बैठकमा बोलाउनुपर्थ्यो र नबोलाइएको बताए । उनले बैठकमा बोलाएपनि पार्टीको धारणा उही हुने कुरा दोहर्याए ।

    प्रदेश सरकारको निर्णप्रति नेपाली कांग्रेस उर्लावारीले पनि विज्ञप्ति निकालेर असहमति जनाइसकेको छ ।


    '#मंगलबारेवासी खुसी हुनुपर्छ,अवसर सिर्जना हुन्छ'
    नेकपा अध्यक्ष गौतमले नामाकरणको विषय पहिचान भन्दा पनि भोलिका दिनमा ठूलो अस्पताल भएर निर्माण हुँदा मंगलबारे ठाउँ भन्दै मानिसहरु खोज्‍न आउने उनले बताए ।
    उनले मुलुकभरका ३ वटा ट्रमा सेन्टरमध्ये मंगलबारेमा मदनभण्डारीको नाममा निर्माण हुँदा यसमा कुने आपत्ति जनाउनुको कुरा नभएको गौतमको दाबी छ ।


    उनले ट्रमा सेन्टर भइरहँदा मंगलबारेमा दैनिक ५ सय ६ सय नयाँ मानिसहरु आउँदा यहाँको व्यापारव्यवसाय बढ्ने कुरा बताए । उनले नामले केही नगर्ने न त कसैले हालीमुहाली नै गर्न सक्‍ने कुरा उनले सुनाए । गौतमले हामीलाई भने,'सरकारी अस्पतालमा कसैले पनि हालीमुहाली गर्न सक्दैन नाम मदन भण्डारी हुँदैमा उनका परिवारले हालीमुहाली गर्ने अवस्था त हुँदैन नि ! '

    -मंगलबारे पेज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…