• कोरोनाभाइरस महामारीबीच सामाजिक दूरीसम्बन्धी नियमका कारण स्ट्रिप क्लब अर्थात्‌ वयस्कहरूलाई मात्रै अनुमति दिइने मनोरञ्जन स्थल र वेश्यालयहरू बन्द भएसँगै विश्वभरिका यौनकर्मीहरूको आम्दानीको स्रोत बन्द भएको छ।

    जीविकोपार्जका साथै स्वास्थ्यबारे चिन्तित कतिपय यौनकर्मीले अनलाइनमार्फत् व्यवसायलाई जारी राख्न चाहिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको मुख ताक्नु परेको छ।

    इस्टल ल्युकासले अस्ट्रेलियाको मेल्बर्नमा १० वर्षदेखि काम गरिरहेकी छन् र आफन्त ग्राहकहरूसँग सावधानीपूर्वक सम्बन्ध बनाएकी छन्। तर कोभिड-१९ सङ्क्रमण र सामाजिक दूरी कायम राख्नुपर्ने नियमका कारण यौन व्यवसायमा रोक लागिसकेको छ।

    "स्पष्ट रूपमा भन्नुपर्दा यदि मैले छ महिनासम्म काम गरिनँ भने धेरै मानिसले मलाई बिर्सने छन्," उनी भन्छिन्।

    "म आफ्ना ग्राहकहरूसँग कुरा मात्र गर्न सक्छु। यसले यो व्यवसायमा काम गर्दैन। हामीले अन्तरङ्ग सम्बन्ध कायम गर्नुपर्छ जुन अहिलेको अवस्थामा सम्भव छैन।"


    कोरोनाभाइरस महामारी सुरु हुनुअघि इस्टलले औसतभन्दा बढी आम्दानी गर्थिन् र मेल्बर्नको बाहिरी भेगमा रहेको घरको बन्धकी बापतको रकम छिट्टै तिरिसक्ने उनको आशा थियो।

    तर अहिले उनको आम्दानीका लगभग सबै स्रोत मरिसकेका छन्। उनले अनलाइनमार्फत्‌ व्यवसायलाई अगाडि बढाउने प्रयत्न गरेकी छन्, तर भन्छिन्- शारीरिक सम्पर्कलाई त्यसले विस्थापित गर्न सक्दैन।

    "दुर्भाग्यवश कतिपय कुराले मूर्तरूप लिन सक्दैन," उनी भन्छिन्।

    "मैले अनलाइनमार्फत्‌ प्रयास गरेकी छु तर सबैलाई प्राविधिक ज्ञान हुँदैन। मेरा कतिपय ग्राहकलाई स्मार्टफोन कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा छैन।"


    क्षेत्रीय सरकारले रेष्टुराँ र क्याफेहरू खोल्नेबारे योजना ल्याए पनि यौन उद्योगबारे कुनै योजना छैन।

    त्यो अनिश्चितता र भाइरस लगायत कारणले यौनकर्मीहरू गम्भीर तनाव परेका छन्।

    कोभिड-१९ का कारण रोजगारी गुमाउनेका लागि अस्ट्रेलिया सरकार आर्थिक सहायता उपलब्ध गराउन सक्छ तर त्यसका लागि सम्बन्धित पक्षले कर तिर्दै आएको प्रमाणित गर्नुपर्छ जुन कुरा दर्ता नभएका कतिपय यौनकर्मी र आप्रवासीले गर्न कठिन छ।

    विश्वका दर्जनौँ देशका यौनकर्मीहरूले सामना गरिरहेको यो एउटा समस्या रहेको लेस्टर विश्वविद्यालयस्थित अपराधशास्त्रकी प्राध्यापक टीला स्यान्डर्स बताउँछिन्।

    "सरकारहरूले अधिकांश मानिसहरूलाई खासगरी आफ्नै उद्यममा लागेकाहरूलाई राम्रोसँग सामाजिक सुरक्षा प्रदान गरिरहेका छन्, तर त्यसभित्र यौनकर्मीहरू समावेश छैनन्," उनी भन्छिन्।

    भिभिएन नुनिस
    बीबीसी न्यूज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…