• पुष्कर खड्का

    रामेछाप - रामेछापको लिखुतामाकोसि गाउँपालिका वडा न ३ विक टोलबाट सातभाई टोल हुदै धोबिबजार सम्म सडक खन्ने काम सम्पन्न भयको छ ।

    बिगत ४ बर्ष देखि खन्ने भनियको सडक बर्षेनि बजेट फ्रिज हुदै गयकोर यस पटक लकडाउनको कारणले गर्दा समिति बलियो भयकोले सडक खनियको र गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काको ठुलो भुमिका रहेको समितिका अध्यक्ष विमल खड्काले जानकारी दिनु भयो ।

    खड्काका अनुसार काठमाडौ बाट छुटेको सम्पूर्ण यातायातका साधन रामेछाप जिल्लाको सदरमुकाम मन्थली हुँदै धोबिबजारबाट अोखोलढुङ्गाका विभिन्न ठाउँमा जानको लागि बैकल्पिक बाटो र छोटो दुरि हुने गरि खनिएको स्थानीय बिक्रम खड्काले बताएका छन् ।

    स्थानीयका अनुसार सडक विक टोल बाट सातभाई टोल हुदै धोबिबजार जोड्ने भनिएको तर बिगत चार बर्ष देखि स्थानीय शिब बहादुर खड्का (श्याम)ले अाफ्नो बारि नोक्सान हुन्छ भन्दै बिरोध गर्दै अायको र बजेट फ्रिज हुदै गयको स्थानीयको गुनासो रहेको छ।

    अहिले पनि सडक खन्ने क्रममा स्थानीय शिब बहादुर खड्का (श्याम) ले बिरोध गर्दै अाएको र श्याम खड्काको घरसम्म अर्काको एक लाौटी रुपमा जग्गा नोक्सान गरि बाटो खनेर घर सम्म पुर्‍यायपछि म बाटो दिन्छु भनेर सहमति अाएको तर खड्काले फेरि सडक खनेर अगाडि बढाउने क्रममा सडक खन्न मेरो जग्गा बाट हुदै हुदैन भन्दै बिच बाटोमा अाएर डोजर अगाडि सुतेको कोषअध्यक्ष अर्जुन खड्काले जानकारि दिनुभयो ।

    खड्काकाले दिएको जानकारी अनुसार सडक खन्ने क्रममा गाउँका सम्पूर्ण बुद्धिजीवी भद्रभलाजमी, युवा समेत उपस्थित रहेकोर युवाकै सक्रियतामा सडक निर्माणकार्य सम्पन्न भएको सचिव कुमारी तामाङले जानकारी दिनु भयो

    (सडक निर्माण समितिको नामावली)
    (१) अध्यक्ष विमल खड्का
    (२) कोष अध्यक्ष अर्जुन खड्का
    (३) सचिव कुमारी तामाङ
    ( ४) सदस्य दामोदर खड्का
    (५) विनोद खड्का (ख)
    (६) निर्मला खड्का
    (७) सुजन खड्का ( हेम)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…