राजेन्द्र महतो
२८ जेठ, लहान। सिराहाको धनगढी नगरपालिका -१४ ले कार्यबिधिको धज्जी उडाउदै बहालवाला
कर्मचारीलाई निर्माण उपभोक्ता समितिको पदाधिकारीमा राखिएको पाइएको छ ।
धनगढी नगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष ठरेन्द्र बहादुर राईले कार्यबिधिलाई चुनौती दिदै बहालवाला सरकारी कर्मचारी एबम् सर्वजानिक पदधारण गरेको व्यक्ति रहेको उपभोक्ता समिति गठन गरेको हो।
नगरपालिकाको वडा नम्बर १४ स्थित मदन भण्डारी स्मारक पर्यटकीय ( राईरैनी) योजनाको उपभोक्ता समितिको पदाधिकारीमा नियम बिपरित कर्मचारीहरुको संलग्न भएको पाईएको छ ।
मदन भण्डारी स्मृति माध्यमिक विद्यालय अम्बासका प्रधानाध्यापक महेश्वर प्रसाद मण्डल सचिब र राहत शिक्षिका रेखा कुमारी राई कोषाध्यक्ष उक्त उपभोक्ता समितिमा रहेको रहस्री खुलेको छ।
यसैगरी सोही विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष सुवास हमाल, निर्माण उपभोक्ता समितिको अध्यक्ष छन् ।
प्रदेश नम्बर २ को शसर्त अनुदानको २५ लाखको लागतमा बन्न लागेको पर्यटकीय स्मारकको योजनामा कमाउने प्रलोभनमा कार्यबिधीको उल्लंघन गरेर उपभोक्ता समिति गठन गरेको श्रोतको दाबी छ ।
नगरपालिकाको उपभोक्ता गठन कार्यबिधी अनुसूची २ दफा १बमोजिम जनप्रतिनिधि, दलका पदाधिकारी, बहालवाला सरकरी कर्मचारी, शिक्षक उपभोक्ता समितिमा बस्न पाईने छैन भनी उल्लेख छ ।
यता ,कार्यबिधिको धज्जी उडाउदै बाहालवाला शिक्षक र विद्यालय ब्यबस्थापन समितिको अध्यक्षलाई निर्माण उपभोक्ता समितिमा चयन गरेको भन्दै स्थानीयबासीले बिरोध जनाएका छन् ।
स्थानीय ले उपभोक्ता समितिका सचिब प्रधानाध्यापक मण्डल नगरपालिका बाहिरका र कोषाध्यक्ष शिक्षिका राई वडा बाहिरका रहेको बताएका छन। यसबारे धनगढी नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरी सँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।