• पुष्कर खड्का २८जेठ,

    काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछ्न। बिहान ११ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

    लकडाउनको नयाँ स्वरूप बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। त्यस्तै लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ।

    आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने छ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ।

    आजको मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने एक मन्त्रीले मन्त्रीले जानकारी दिए।

    लकडाउनकाे माेडालिटी तय गर्न प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता मात्रै विज्ञहरुसँग छलफल गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…