• उर्लाबारी । मोरङको उर्लाबारीमा स्थापित यु युथ्स अफ उर्लाबारीले रात्री सांगीतिक साँझ २०७६ को हिसाब सार्वजनिक गरेको छ ।

    बुधबार पत्रकार सम्मेलन गरी गत शिवरात्रीमा आयोजना गरेको महाशिवरात्री सांगीतिक साँझको हिसाब सार्वजनिक गरेको हो । सो कार्यक्रममा तीन लाख ४७ हजार पाँच सय आम्दानी र दुई लाख ८१ हजार पाँच सय रुपैयाँ खर्च भएको संस्थाका सहसचिव समेत रहेका कार्यक्रम संयोजक किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रमबाट बचत रहेको ६० हजार रुपैयाँ मध्येबाट केही रकम कार्यालय सञ्चालन र केही रकम सामाजिक कार्यमा खर्च गरिने उहाँले बताउनुभयो ।

    फागुन ९ गते आयोजित कार्यक्रममा उर्लाबारीको पहिचान राख्न सफल गायक डम्बर नेपाली, निशान भट्टराई र पूर्व मिस नेपाल निकिता चाण्डकलाई सम्मान समेत गरिएको थियो । उक्त संस्थाले प्रत्येक वर्ष महाशिवरात्रीमा साँगीतिक कार्यक्रम गर्दै आएको छ ।

    २०७५ सालको शिवरात्रीमा आयोजित कार्यक्रमबाट संकलित तीन लाख १६ हजार दुई सय ३० रुपैयाँ मृगौला पीडित रेश्मा सेर्मालाई प्रदान गरिएको थियो ।
    २०७५ साउनमा स्थापना भएको यु युथ्स अफ उर्लाबारीले प्रत्येक तीन÷तीन महिनामा सामाजिक कार्य गर्दै आएको अध्यक्ष प्रेमराज शर्माले बताउनुभयो ।

    सांगीतिक साँझका साथै विद्यालय स्तरीय वक्तृत्वकला, वातावरण संरक्षण सम्बन्धी कार्यक्रम र तालिम लगायतका कार्यक्रम गर्दै आएको सचिव सुरेन्द्र शर्माले बताउनुभयो ।

    उर्लाबारीका ९ वटै वडाका ४१ जना युवाहरु आवद्ध संस्था छोटो समयमा उर्लाबारीमा चर्चा कमाउन सफल भएको छ ।

    यसैबीच, उर्लाबारीको विपत व्यवस्थापन कोषमा संस्थाले नगद २० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । आज नगरपालिकालाई उक्त रकम हस्तान्तरण गरिने कोषाध्यक्ष रोशन घिमिरेले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष रमन शाक्यका साथै संस्थाका उपाध्यक्ष सुजन खड्का, सदस्य प्रियंका ठटाललगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…